अष्ट्रेलियाको मेलबर्न शहरको पहिलो नेपाली कन्सल्टेन्सी हो, कंडेल कन्सल्टेन्सी । विद्यार्थीको लागि अहिले विश्वसनीय साथी बनिरहेको कंडेल कन्सल्टेन्सीका संस्थापक तथा डाइरेक्टर राज कंडेल आफू पनि विद्यार्थी भिसामै अष्ट्रेलिया आउनुभएको थियो।
विदेशमा पढ्ने, अलग संस्कृति तथा रहनसहन बुझ्ने र अन्तर्राष्ट्रिय बजारको बारेमा जान्ने चाहना भएकै कारण राज कंडेलले पढाइको लागि विभिन्न देशबारे बुझ्नुभयो। र, फलस्वरूप: १९९९ मा आफ्नो सपना र चाहना बोकेर अष्ट्रेलियाको लागि उड्नुभयो। आफ्नो सपना र चाहना पूरा गर्न कहाँ सजिलो छ र ? जसरी अहिले अष्ट्रेलिया आउने विद्यार्थीले संघर्ष गरिरहेका छन्, उहाँको पनि संघर्ष शुरु भयो।
राज कंडेल बिजनेस एण्ड अफिस एड्मिनिस्ट्रेसन पढ्नको लागि स्विनबर्न युनिभर्सिटीमा भर्ना हुनुभयो। नेपाली बाहेक अरु भाषामा पनि केही ज्ञान भएका कारण अष्ट्रेलिया आएको शुरुकै हप्तामा काम पाउनुभयो। तर हस्पिटालिटी क्षेत्रको काम, पढाइको चाप, आर्थिक पक्ष, परिवारसंग टाढा हुनुपर्ने बाध्यताले गर्दा तनाव हुन्थ्यो। पढाइमा पनि ‘ग्याप’ भयो। जस्तोसुकै परिस्थितिमा पनि हार नमान्ने व्यक्तिले बाटो पहिल्याउँछ नै। बिजनेस एण्ड अफिस एड्मिनिस्ट्रेसन पछि उहाँले हस्पिटालिटीमा पढाइ पूरा गर्नुभयो।
आफ्नो त्यो विद्यार्थी जीवन सम्झिँदै राज कंडेल भन्नुहुन्छ, “कामको तनावले पढ्नको लागि पर्याप्त समय हुँदैनथ्यो। म ट्र्याममा, ट्रेनमा, बसमा , पार्कमा जहाँ समय मिल्थ्यो, पढ्न थाल्थें। परिक्षा अगाडी त रातभर नसुती पढ्थें। नेपालमा छोडेर आएका छोराछोरी, परिवार सम्झिँदा मन अत्तालिन्थ्यो। सम्हालिनु पर्थ्यो, अरु विकल्प के थियो र ? तर तिनै दिनले गर्दा नै म आजको ‘म’ बनेको हूँ। तिनै दिनले मलाई कसरी बाँच्ने भन्ने सिकाएका छन् “।
कंडेलले जब विद्यार्थी जीवनको अनुभव बटुल्दै जानुभयो, आफूले चिनेजानेकाहरुलाई के पढ्ने, कुन युनिभर्सिटीमा पढ्ने, अष्ट्रेलियामा कसरी जीवनयापन गर्न सहज हुन सक्छ भन्ने सुझाव दिन थाल्नुभयो। उहाँको सुझावबाट सहयोग मिलेकाहरुले नै उहाँलाई कन्सल्टेन्टको रुपमा काम गर्न सुझाव दिनुभयो। शुभेच्छकहरुको सुझाव अनुरुप २००६ देखि उहाँले घरबाट काम सुरु गर्नुभयो। अर्को वर्ष अर्थात् २००७ मा नेपाल गएर सेमिनारहरुमा भाग लिने, बजार बारे बुझ्ने गरेपछि उहाँमा म यो क्षेत्रमा सफल हुन सक्छु भन्ने आत्मविश्वास जाग्यो। त्यो आत्मविश्वास र मेहनतको परिणाम हो , ‘कंडेल कन्सल्टेन्सी।
आफ्नो यो व्यवसायिक यात्रा बारे कंडेल बताउनुहुन्छ, ” विगतलाई फर्केर हेर्दा, म यहाँ कसरी आइपुगें भन्ने कुरामा अचम्म लाग्छ। सायद आत्मविश्वास र मेहनत नै भन्नुपर्ला। त्यसपछि अर्को प्रमुख कुरा भनेको नेपाली विद्यार्थीहरुप्रतिको मेरो माया र मप्रति उनीहरुको विश्वास हो। विद्यार्थी र विद्यार्थीका अभिभावकको विश्वास बिना यहाँसम्म आइपुग्नु त कल्पनै गर्न सकिंदैन। विद्यार्थी तथा अभिभावकले दिनुभएको यो साथ र विश्वासप्रति आभारी छु। यो साथ र विश्वास कायम रह्यो भने अझ राम्रो सेवाका साथ अगाडी बढ्नेछु। यहाँ हरेक दिन नेपाली विद्यार्थीहरुलाई भेटेर कुराकानी गर्न पाउँदा रमाइलो लाग्छ, नेपालको झल्को मेटिन्छ। मलाई भेटघाट गर्न, कुराकानी गर्न रमाइलो लाग्ने हुँदा आफ्नो रुची अनुसारकै क्षेत्र रोजेछु, सही गरेछु भन्ने लाग्छ। त्यस्तै, मेरो यो यात्रामा परिवार, आफन्त, साथीहरु, शुभेच्छकहरुको साथ प्रति कृतज्ञ छु “।
उहाँ थप्नुहुन्छ, “म सबै व्यक्तिले सिकाईलाई निरन्तरता दिनुपर्छ भन्ने कुरामा विश्वास राख्छु र म पनि सिक्दै यहाँसम्म आइपुगेको हूँ। र, अझै पनि सिक्दै छु”।
पढाइ सकेर नेपाल फर्कने योजना लिएर आउनुभएका कंडेल आफ्नो व्यवसायिक क्षेत्रका कारण अष्ट्रेलियालाई नै आफ्नो कर्मथलो बनाएर अगाडी बढिरहनुभएको छ। अष्ट्रेलियामा विद्यार्थीको रुपमा आएदेखि हालसम्मको यात्रा अनुभवको आधारमा अष्ट्रेलिया आउन चाहने तथा अष्ट्रेलियामा पढिरहेका विद्यार्थीलाई उहाँ सुझाव दिनुहुन्छ, ” पहिल्यै डिग्री र पीआरको पछाडी नलाग्नुस् । भावनामा बगेर, आवेगमा आएर निर्णय नलिनुस्। राम्रोसंग सोंचेर मात्र अगाडीको बाटो तय गर्नुस्। एउटा सानो गल्तीले पनि जीवन मोडिनसक्छ। सल्लाह लिंदा विश्वासीलो कन्सल्टेन्सीमा मात्र जानुस्। कंडेल कन्सल्टेन्सी पनि हरदम हजुरहरुकै साथमा छ “।