Saturday, October 5, 2024
No menu items!
Homeअन्तर्वार्तामेलबर्नमा सामूहिक इही कार्यक्रम हुदै

मेलबर्नमा सामूहिक इही कार्यक्रम हुदै

मेलबर्नको 25 स्यान्डहर्स्ट टाउन रोड, मायर्स फ्ल्याटमा रहेको ब्रिस्बेन गणेश मन्दिरमा मे 13, 2023 मा सामूहिक इही कार्यक्रमको हुन गैरहेको छ। यो कार्यक्रम बिशेषगरी नेपाली नेवारी समुदायका मनाउने गर्दछन ।

इही भन्नाले बेललाई साक्षी राखेर नारायणसंग महिनावारी नभएका बालिकाहरुको विवाह गर्ने भन्ने बुझिन्छ। इहीलाई बेल विवाहपनि भन्ने गरिन्छ। यो विवाहको सुरुवातचाहीं परापुर्बकालमा सतिप्रथाको प्रचलन रोक्नको लागि भएको मानिन्छ। यो विवाहपछि आफ्नो श्रीमानको मृत्युपछि पनि महिलाहरु विदुवा हुदैनन्।

घरघरमा गर्न भन्दा सामुहिक रुपमा गर्दा अरुलाई पनि सहयोग हुने भएकाले सामुहिक रुपमा इही कार्यक्रम गर्न लगिएको हो। सबैको योगदान र सहभागिता सुनिश्चित गर्न यो कार्यक्रम सामूहिक रूपमा आयोजना गरिएको हो। अष्ट्रेलियामा बसोबास गर्ने नेपाली बालबालिका तथा युवाहरुलाई नेपाली संस्कृति र परम्पराको बारेमा जानकारी गराउने लक्ष्य पनि राखिएको छ । कार्यक्रममा नेपाली समुदायको प्रतिभा र संस्कृतिलाई पनि प्रस्तुत गरिने छ ।

यस प्रकारको यो पहिलो सामूहिक कार्यक्रम होइन, यसअघि पनि यस्तै कार्यक्रम सामूहिक ब्रतबन्ध आयोजना गरिएको थियो र यसले सकारात्मक प्रतिक्रिया पाएको थियो । उक्त कार्यक्रमपछि उमेशजीले आगामी दिनमा पनि सामूहिक गुनियो चोली कार्यक्रम आयोजना गर्न इच्छुक रहेको बताउनु भयो। यस कार्यक्रमको समन्वय पियुष कायस्थ र उमेशजीले संयुक्त रुपमा गर्नेछन् ।

यस कार्यकर्मको लागि कम्तिमा ५ जना कन्या केटिहरु चाहिने भएकाले सहभागी हुन चाहनु हुने इच्छुक व्यक्तिहरूले थप जानकारीको लागि उमेशजीलाई +६१४००७५५४८६ मा सम्पर्क गर्न सक्नु हुने छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments