Sunday, April 27, 2025
No menu items!
Homeनेपाल खबरउदयपुरमा १३ हजार बढी किशोरीलाई एचपीभी खोप दिइने

उदयपुरमा १३ हजार बढी किशोरीलाई एचपीभी खोप दिइने

उदयपुर (गाईघाट), १५ माघः जिल्ला स्वास्थ्य कार्यालयले पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप जिल्लाका १३ हजार बढी छात्रा तथा किशोरीलाई दिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर चिरञ्जिवी निरौलाकाअनुसार जिल्लाको दुई सय ८३ सरकारी तथा नीजि विद्यालयमा अध्ययनरत छात्रा तथा किशोरीलाई उक्त खोप दिन लागिएको हो । छ देखि १४ वर्षसम्मका किशोरी तथा छात्रामध्ये १३ हजार ४६ जना विद्यालयमा अध्ययनरत र विद्यालय बाहिरका तीन हजार दुई सय ६५ किशोरीलाई एचपीभी खोप दिने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ । यही माघ २३ गतेदेखि फागुन १ गतेसम्म दुई सय ८३ विद्यालयमा एचपीभी खोप शिविर सञ्चालन गरिने भएको छ । जिल्लाको त्रियुगा नगरपालिका, बेलका नगरपालिका, लिम्चुङबुङ गाउँपालिका र रौतामाई गाउँपालिकामा पहिलो चरणमा माघ २३ गतेदेखि २५ गतेसम्म खोप सञ्चालन गरिने छ । त्यसैगरी कटारी नगरपालिका, चौदण्डी गढी नगरपालिका र ताप्ली तथा उदयपुरगढी गाउँपालिकामा माघ २८ देखि फागुन १ गतेसम्म दोस्रो चरणमा खोप सञ्चालन गरिने जिल्ला स्वास्थ्यले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यलयका निमित प्रमुख रामनरेश ठाकुरका अनुसार जिल्लामा किशोरी तथा छात्राहरुलाई पहिलो पटक एचपीभी खोप दिन लागिएको हो । खोप लगाउनाले ती किशोरीलाई भविष्यमा पाठेघरको क्यान्सर नलाग्ने वैज्ञानिक तथ्यको आधारमा सरकारले देशभर खोप कार्यक्रम सञ्चालन गर्न लागेको हो । —

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments