Tuesday, December 9, 2025
No menu items!
Homeनेपाल खबरएक विद्यालय, एक ट्राफिक शिक्षक’ अभियान

एक विद्यालय, एक ट्राफिक शिक्षक’ अभियान

चितवन, १५ माघः दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘एक विद्यालय, एक ट्राफिक शिक्षक’ अभियान सञ्चालन गरेको छ । भरतपुर महानगरपालिकाबाट सुरु भएको यो अभियान जिल्लाभर सञ्चालन गरिने भएको हो । कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार भरतपुरका एक सय ९८ विद्यालयका एक–एक शिक्षकलाई यो तालिम दिइएको छ । बाँकी छ पालिकामा क्रमशः तालिम दिइनेछ । तालिमपश्चात् शिक्षकहरुलाई आफ्नो विद्यालयमा तालिम दिन आवश्यक अडियो, भिडियो, फोटोलगायत तालिम सामग्रीसमेत उपलब्ध गराइएको शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “तालिम लिने सबै शिक्षकले आफ्नो विद्यालयका विद्यार्थी, शिक्षक कर्मचारीलाई ट्राफिक नियमसम्बन्धी तालिम दिनेछन् ।” यसबाट सबै विद्यार्थीले ट्राफिक नियमबारे जानकारी पाउनेछन् भने उनीहरुले अभिभावकलाई समेत यो शिक्षा दिनेछन् । जिल्लामा पाँच सय आठ विद्यालय छन् । सानाबाहेकका विद्यार्थी मात्रै पनि एक लाखभन्दा बढीले यो तालिमबाट लाभ लिने उहाँ बताउनुहुन्छ । ट्राफिक जनचेतनाका बारेमा ज्ञान नहुँदा दिनहुँ दुर्घटना बढेको भन्दै कार्यालयले यो अभियान थालेको शर्माको भनाइ छ । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments