मुस्ताङ, १ पुसः
हिउँदैमा हिउँ छैन हिमालमा
मुस्ताङको थासाङ गाउँपालिका–२ खन्ती गाउँ नजिकै कालीगण्डकी बगरबाट लिएको धौलागिरि हिमालको दृश्य । पुस महिना लाग्दा पनि हिउँ नपरेपछि डाँडाकाँडा रुखा, सक्खा र उराठ लाग्दा देखिनुका साथै हिमाल कालापत्थरमा परिणत भएको देखिन्छ । मङ्सिर, पुस महिनामा हिउँ नपर्नु, असोजमा अत्यधिक वर्षा हुनु जलवायु परिवर्तनको प्रभाव रहेको स्थानीयवासी बताउँछन् । तस्बिरः सुशीलबाबु थकाली/रासस