Friday, April 17, 2026
No menu items!
Homeताजा खबरमहिला यु–१९ एसिया कपः पाकिस्तानले नेपाललाई दियो एक सय पाँच रनको लक्ष्य

महिला यु–१९ एसिया कपः पाकिस्तानले नेपाललाई दियो एक सय पाँच रनको लक्ष्य

काठमाडौँ, १ पुसः मलेसियामा जारी महिला यु–१९ एसिया कपमा पाकिस्तानले नेपाललाई जितका लागि एक सय पाँच रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा आज टस जितेर पहिले ‘ब्याटिङ’ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय चार रन बनाएको हो । पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ बनाइन् । उनले ४४ बलमा दुई चौका प्रहार गर्दै ३८ रन बनाएकी हुन् । यस्तै, महम अनिसले ‘नटआउट’ २९, रवैल फरहानले १३, कप्तान जोफिशन अय्याजले १२ र फातिमा खानले नटआउट छ रन बनाइन् भने अरिशा अन्सारीले एक रन जोडिन् । बलिङतर्फ नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक दुई विकेट लिइन् । यस्तै, रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले एक÷एक विकेट लिए । —

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments