Sunday, January 19, 2025
No menu items!
Homeटप-स्टोरी“परिवारको जिम्मेवारी बहन गर्न विदेशिनु बाध्य : नेपाली”

“परिवारको जिम्मेवारी बहन गर्न विदेशिनु बाध्य : नेपाली”

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले भक्तपुर घर हुनुभएको ओम प्रकाश भण्डारिसंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
मलाई मेरो भाई र भान्जाले पठाइदिएका हुन्।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
मलाई यस्तो लाग्यो भनेर भन्नको लागि म संग कुनै शब्द नै छैन। त्यति टाढाबाट भाई र भान्जाले सम्झेर पठाएको उपहार पाउँदा खुसीको सिमा नै छैन।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
भाई अष्ट्रेलिया गएको ५ वर्ष भयो र भान्जा गएको २/३ महिना भएको छ।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
उनीहरु अष्ट्रेलियाको ब्रिस्बेनमा बस्छन्।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो परिवारको सदस्य आफूबाट टाडा हुँदा त नरमाइलो त लाग्छ तर उनीहरु आफ्नो भविष्यको लागि गएको हुँदा राम्रो लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
सबै परिवारसंगै बसेर चाडपर्व मनाउन पाए कति रमाइलो हुन्थ्यो होला जस्तो लाग्छ। हामी सबै एक्कै ठाउँमा हुन्छौ, उनीहरु एक्लै उता हुँदा धेरै सम्झना आउँछ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
आफ्नो देशमा भनेको जस्तो रोजगार र खोजेको जस्तो पढाई हुन्थ्यो भने कसैलाई पनि विदेशिनु बाध्यता पर्ने थिएन। एउटा बाध्यताले भएपनि आफ्नो जन्मभूमिलाई छोडेर जानुपर्ने रहेछ। सबैको दु:ख सुख आ-आफ्नो ठाउँमा छ, हामीले भनेर मात्र पनि हुँदैन। उनिहरुलाई पनि भित्र भित्र धेरै बाध्यता हुन सक्छ। नेपालमा पनि दिनप्रति दिन सामानको मुल्य बढ्दै गएको छ। दिनभरिको कमाईले आफुले बेलुकाको छाक टार्न पनि गाह्रो हुन्छ। मेरो बिचारमा सकेसम्म उताको पढाई पुरा गरेपछि केहि ज्ञान सिप सिकेर नेपालमा नै फर्किए हुन्थ्यो जस्तो लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अहिले सम्म गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलियामा बस्ने मान्छेहरुको जीवन शैली, कर्मचारीले पाउने सेवासुविधा, आफ्नो दु:ख अनुसारको कमाई आदि कुराहरु राम्रो लाग्छ। त्यस्तै त्यहाँको नराम्रो भनेको नेपालीहरुले भनेको समयमा घर आउन पाउदैन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ?
अहिलेसम्म त केहि सोच बनाएको छैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
नेपालको अवस्था हेर्नु पर्दा अहिले धेरै तल परेको छ। नेपालमा एक महिनाको तलबले आफ्नो परिवारलाई पाल्न पनि निकै कठिन हुन्छ। नेपालमा बसेर आफ्नो घर परिवार पाल्न सकिदैन। आफ्नो देशलाई छोडेर अरुको देशमा गई नोकर भएर काम गर्न कसैलाई पनि रहर हुँदैन। आफ्नो दुई छाक टार्न र परिवारको जिम्मेवारी बहन गर्न भएपनि विदेश जानको लागि बाध्य हुन्छन्। हाम्रो देशमा पनि राम्रो रोजगार र पढाई हुन्थ्यो भने कोहि पनि विदेश जान पर्ने थिएन होला । विदेश गयो भन्दैमा उतै सेटल हुनु ठिक होइन। आफुले आफ्नो पढाई पुरा गरेपछि त्यहाँको बारेमा केहि सिकेर आफ्नो देशमा आएर सदुपयोग गर्नुपर्छ। आफुले सिकेको ज्ञान सिप अरुलाई पनि सिकायो भने हाम्रो देश पनि केहि अघि बढ्न सक्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
राम्रोसंग बस्नुहोला। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। त्यहाँको नियमकानुनको सदुपयोग गर्नुहोला। आफ्नो देशको माया कहिल्यै नमार्नुहोला भन्न चाहन्छु।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments