Monday, May 12, 2025
No menu items!
Homeटप-स्टोरी“स्वदेशका आफन्त भुलेर विदेशमा सेटल हुनु उचित होइन”

“स्वदेशका आफन्त भुलेर विदेशमा सेटल हुनु उचित होइन”

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले भक्तपुर घर हुनुभएको संजय सुवालसंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मलाई मेरो श्रीमतीले पठाईदिएकी हुन्।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
मलाई मेरो लागि अष्ट्रेलियाबाट उपहार आउँदै छ भन्ने पनि थाहा थिएन। घरमा एक्कै चोटी सरप्राईज आउँदा धेरै खुसी लागेको छ।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनि अष्ट्रेलिया गएको २/३ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
उनि अष्ट्रेलियाको सिड्नीमा बस्छिन्।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
उनि अष्टेलियामा गएको राम्रो पनि लाग्छ नराम्रो पनि लाग्छ। हाम्रो भविष्यको लागि गएको हुँदा राम्रो लाग्छ भने म यता उनि एक्लै उता हुँदा नराम्रो पनि लाग्छ। उनले आफ्नो भविष्य पनि हेर्नु पर्ने हुन्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
चाडपर्वको बेलामा मात्र होइन, अरुबेला पनि धेरै सम्झना आउँछ। परिवारको एउटा सदस्य चाडपर्वको बेलामा साथमा नहुँदा त अझ धेरै सम्झना आउँछ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
नेपालीहरु विदेश जाने भनेको नै आफ्नो भविष्य बनाउन हो। आफ्नो भविष्यलाई ठाउँसम्म पुराएर आफ्नै देशमा फर्किनु राम्रो लाग्छ। अरुको देश आफ्नो देश जस्तो हुँदैन। सबै आफन्त साथीभाईहरु नेपालमा नै भएपछी यतै नै फर्किएको राम्रो हो। स्वदेशमा आफ्नो कोहि नभए जस्तो गरेर विदेशमा सेटल हुनु ठिक होइन।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अहिलेसम्म गएको अष्ट्रेलिया गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
म अहिले सम्म नगएको हुँदा अष्ट्रेलिया प्रति के राम्रो नराम्रो भन्ने मलाई केहि अनुभव छैन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ?
अब म पढ्नको लागि अष्ट्रेलिया जाने सोच बनाएको छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
यी देशहरुमा सेटल हुने कि नहुने भन्ने उहाँहरुको इच्छाको कुरा हो। आफ्नो देशलाई छोडेर अरुको देशमा गएर सेटल हुनु भनेको आफ्नो देशको लागि घाटा हो। सबैभन्दा पहिला त आफ्नो भविष्य नै हेर्नु पर्ने हुन्छ। नेपालीहरुले आफ्नो राम्रो भविष्य बनाउनको लागि स्वदेशमा पनि राम्रो रोजगार र पढाई केहि छैन। सबैजना आफ्नो पढाई पुरा गर्न र भविष्य बनाउन जाने हो। उताको पढाई र आफ्नो भविष्यलाई राम्रो बनाएर आफ्नै देशमा फर्किनु ठिक हो।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
हजुरहरुले जे सपना देखेर विदेश जानु भएको छ त्यो सपनालाई पुरा गरेर आफ्नै देशमा फर्किनुहोला भन्न चाहन्छु।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments