Monday, December 8, 2025
No menu items!
Homeटप-स्टोरी“आफ्नो पढाई सकेर दुई चार पैसा कमाएपछि आफ्नै देशमा फर्किनु राम्रो”

“आफ्नो पढाई सकेर दुई चार पैसा कमाएपछि आफ्नै देशमा फर्किनु राम्रो”

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ, कोटेश्वोर घर हुनुभएकी शान्ता अधिकारीसंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
मलाई मेरो छोराले पठाइदिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
आफ्नो सन्तानले दु:ख गरेर कमाएको पैसाले आमाबुवाको लागि पठाएको उपहार पाउँदा त धेरै खुसी लाग्छ नि !

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
छोरा अष्ट्रेलिया गएको ३ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
छोरा अष्ट्रेलियाको सिड्नीमा बस्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो छोराछोरी टाढा हुँदा त नराम्रो लाग्छ तर उनीहरु आफ्नो पढाई र भविष्यलाई राम्रो ठाउँमा पुराउनको लागि गएको हुँदा ठिकै लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
आफ्नो छोराछोरी बिना पनि केहि रमाइलो लाग्दैन। अरुबेलामा पनि फोनमा बोलेर भएपनि मन बुजाउन सकिन्छ भने चाडपर्वको बेलामा धेरै सम्झना आउँछ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
नेपाल फर्किने कि उतै सेटल हुने भन्ने उनीहरुको विचार हो। आफुलाई राम्रो र सहज हुन्छ भने उतै बसेपनि ठिक हुन्छ। म आफ्नै देशमा बसेर केहि गर्छु भने पनि राम्रो हुन्छ। उनीहरु जता बसेपनि भविष्यमा केहि गाह्रो नभए हामी त्यसैमा खुसी हुन्छौ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अहिलेसम्म गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अरुले भन्दा सुनेको र सामाजिक संजालमा देखेको भरमा सबै राम्रो छ। नराम्रो भन्नको लागि केहि छैन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ?
अब घुम्नको लागि जाने सोच बनाएको छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
नेपालीहरु यी देशहरुमा गएर सेटल हुनु ठिक होइन। उनीहरुलाई अरुको देशमा जति सुख भएपनि आफ्नो आमाबुवाको साथमा भए जस्तो हुँदैन। उताको ज्ञान सिप सिकेर आएर नेपालमा नै केहि गरेर बस्नु पर्छ। विदेश नगई त नेपालीलाई खान पनि पुग्दैन। विदेश गएर आफ्नो पढाई सकेपछि र दुई चार पैसा कमाएपछि आफ्नै देशमा नै फर्किनुपर्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
सबैजनाले आफ्नो ख्याल राख्नुहोला भन्न चाहन्छु।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments