Saturday, November 2, 2024
No menu items!
HomeVideosनेपाल फेस्टिवल सिड्नीमा लोक गायक प्रकाश सपूत आउने, सिड्नीवासीका लागि पठाए भिडियो...

नेपाल फेस्टिवल सिड्नीमा लोक गायक प्रकाश सपूत आउने, सिड्नीवासीका लागि पठाए भिडियो संदेश

सिडनी। अष्ट्रेलियाको सिड्नीमा नेपाल फेस्टिवलको आयोजना हुँदैछ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले विभिन्न राज्यमा राज्य संयोजक समितिको आयोजनामा हरेक दुई वर्षमा नेपाल फेस्टिवल आयोजना गर्ने गर्दछ।

नेपाल फेस्टिवल सिडनी २०२२ आगामी नोभेम्बर १९ मा बरवुड पार्कमा हुनेछ। नेपाली भाषा संस्कृति, सभ्यता, साहित्य, खाना, कला लगायत नेपाली चिनारीको प्रबर्द्धन गर्ने उत्तम माध्यम भनेको नेपाल फेस्टिवल हो। यतिबेला फेस्टिवलका लागि सिडनीका नेपाली समुदायले तीब्र रुपमा तयारी गरिरहेका छन्।

फेस्टिवलमा मनोरंजनसंगै लोक तथा दोहोरी गीतको प्रबर्द्धन गर्ने उद्देश्यका साथ आयोजक संस्थाले लोकप्रिय लोक गायक प्रकाश सपूतलाई निमन्त्रणा दिएको छ। लोक गायक सपूतले एक भिडियो संदेश मार्फत सिडनीबासीलाई नेपाल फेस्टिवलमा आफू आउने जानकारी गराएका छन्। आफ्नो उपस्थिति विशेष गरी दोहोरी गीतका लागि रहने उल्लेख गर्दै उनले कार्यक्रमलाई भव्य रुपमा सफल बनाउनका लागि सबैको उपस्थितिका लागि अनुरोध पनि गरेका छन्। लोकगायक सपूतका ‘बोल माया, गलबन्दी, कुरा बुज्न पर्छ’ जस्ता दर्जौनौं दोहोरी गीत नेपालीले अत्यन्तै मन पराएका गीत मध्येमा पर्दछन्।

भिडियो संदेश: 

https://www.facebook.com/himalayankangaroonews/videos/650193653250310

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments