Tuesday, December 9, 2025
No menu items!
Homeअष्ट्रेलियानेपाल फेस्टिबल सिडनीको काउन्टडाउन शुरु, अब मात्र ४ दिन बाँकी

नेपाल फेस्टिबल सिडनीको काउन्टडाउन शुरु, अब मात्र ४ दिन बाँकी

सिडनी/अष्ट्रेलिया। नेपाल फेस्टिबल सिडनी हुन् अब केहि दिन मात्रै बाँकी छ। अष्ट्रेलियाको अरु राज्यको तुलनामा जनसंख्याको हिसाबले सबैभन्दा ठूलो राज्य मानिने सिड्नीमा नेपाल फेस्टिबलको तयारी लगभग सम्पन्न भइसकेको छ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समितिले विभिन्न सामूदायिक संघसंस्थाहरु समेतको सहकार्यमा आयोजना गरेको यो नेपाल फेस्टिबल चार वर्षपछि हुन लागेको हो। एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यूसाउथवेल्स संयोजक देव गुरुङले कोरोनाको महामारीले गर्दा अघिल्लो पटक गर्न नपाएको नेपाल फेस्टिबल यसपाली हुँदै गर्दा जनचासो बढेको र उद्देश्य एउटै भएपनि समय परिस्थिति र स्थान अनुसार फरक रहेको बताएका छन।

फेस्टिबलको आकर्षणको रुपमा विहानको परेड रहेको छ। उक्त परेड संयोजक सन्ध्या शाह र आयोजक टिमले परेड नेपाली विभिन्न संस्कृतिलाई समावेश गरेर, नेपाली र अष्ट्रेलियन झण्डा बोकेर पार्रलेमेन्टदेखि झाँकि निकाल्दा पक्कै पनि रमाइलो र भावुक क्षण हुने बताएका छन्।

परेडसँगै औपचारीक कार्यक्रम सकेपछि दर्शकहरुले स्टेजमा भरपूर गीत संगीत र नृत्यको मनोरन्जन लिन सक्नेछन्। फेस्टिबलमा दर्शकहरुले लोक, साँस्कृतिकदेखि पप जेनरा समेतको नृत्य देख्न सक्ने छन्। मन मगन भएर दिपक बज्राचार्य र उहाँको व्याण्डसँग झुम्ने मात्र होइन दिनभरि नै हुने विविध सांस्कृतिक प्रस्तुतिमा रम्न अनि नेपाली स्वादिलो खानाका परिकारहरुको भरपुर मज्जा लिन सक्नेछन। त्यस्तै अर्का लोक तथा दोहोरी गायक प्रकाश सपूतले पनि आफ्नो प्रस्तुति दिदैंछन। यसपाली नेपाल फेस्टिबलमा आएर धमाका गर्नुपर्छ भन्दै गायक सपूतले सबै सिडनीवासी नेपालीहरुलाई आउँदो शनिबार अर्थात नोभेम्बर १९ तारिख बुरवूड पार्कमा आउन निमन्त्रणा दिएका छन।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments