Sunday, April 19, 2026
No menu items!
Homeटप-स्टोरीअष्ट्रेलियाको सबक्लास ८८७ को प्रोसेसिङ्गमा ढिलाई, भिसा आवेदन दिएकाहरुले सुरु गरे अनलाइन...

अष्ट्रेलियाको सबक्लास ८८७ को प्रोसेसिङ्गमा ढिलाई, भिसा आवेदन दिएकाहरुले सुरु गरे अनलाइन अभियान

मेलबर्न। अष्ट्रेलियाको सबक्लास ८८७, स्किल्ड रिजनल पीआर भिसाको प्रोसेसिङ्ग समयमा ढिलाई भएपछि भिसा आवेदकहरुले अनलाइन अभियान संचालन गरेका छन्। एसबिएस न्युजले उल्लेख गरे अनुसार, भिसा आवेदकहरुले आफ्ना समस्याहरु राख्दै ह्यासट्याग एप्लिकेन्ट्स लाइभ्स म्याटर (#887applicantslivesmatter ) अभियान संचालन गरेका हुन्।

भिसा आवेदकहरू मध्ये केहीले सबक्लास ८८७ को लागि आवेदन दिएको १५ महिनाभन्दा बढी भएको बताएका छन्। त्यस्तै, एक जनाले आफूले २०२० डिसेम्बरमा आवेदन दिएको, तर हालसम्म कुनै जवाफ नआएको बताएका छन्। उनका अनुसार, भिसाकै कारण काम पनि गुमाउनु परेको छ ।

आवेदकहरुले महामारीको समयमा भिसा आवेदन दिएकाहरुले तीन महिनामै पीआर पाएको तर अहिले भिसा प्रोसेसिङ्ग समय १९ महिना पुगेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

यता होम अफेयर्सले सबक्लास ८८७ भिसाका लागि प्रोसेसिङ्ग समय लम्बिएको स्वीकार्दै यसबाट प्रभावितहरुलाई रिजनल क्षेत्रमा बस्ने अनुमति थप गरिने र उनीहरु पीआर भिसाका लागि पनि योग्य हुने जनाएको एसबिएस न्युजले उल्लेख गरेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments