Sunday, April 19, 2026
No menu items!
Homeटप-स्टोरीअष्ट्रेलियाको विद्यार्थी भिसा सम्बन्धि विद्यार्थीका जिज्ञासा र उत्तर

अष्ट्रेलियाको विद्यार्थी भिसा सम्बन्धि विद्यार्थीका जिज्ञासा र उत्तर

अष्ट्रेलियाको बोर्डर खुलिसकेपछि भिसा एप्लाई गर्ने तयारीमा रहेका विद्यार्थीहरु, बोर्डर बन्द रहँदा नै भिसा सकिएकाहरु, नेपालमै अनलाइन पढिरहेकाहरुको जिज्ञासालाई ध्यानमा राख्दै हिमालयन कंगारुले यो सामग्री तयार गरेको छ। अष्ट्रेलियाको मेलबर्नमा स्थापित घोथाने लयर्सका प्रिन्सिपल टोनु घोथानेले विद्यार्थीका जिज्ञासामा दिनुभएका उत्तरलाई यहाँ समावेश गरिएको छ।

हालको अवस्थामा ब्रिजिङ्ग भिसामा रहेकाकाहरु अष्ट्रेलिया आउन पाउँछन् कि पाउँदैनन् ?
अहिले तत्कालको अवस्था हेर्दा, ब्रिजिंग भिसा भएकाहरु अष्ट्रेलिया आउन पाउँदैनन्, आउनका लागि अष्ट्रेलिया नआइ नहुने परिस्थति छ भनि निवेदन दिनुपर्ने हुन्छ। र, त्यसरी भिसा पाउन एकदम गाह्रो छ।

नयाँ विद्यार्थीहरुका लागि अब भिसा पाउने सम्भावना कत्तिको छ ?
यो अनुमान गर्न गाह्रो छ। दुई वर्षसम्म अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउन नपाएकोले गर्दा योग्य विद्यार्थीहरुले भिसा पाउँछन्। तर यसको बारेमा कतै रिपोर्ट पनि आएको छैन र नेपाली विद्यार्थीहरुलाई सम्बोधन गरेर कुनै सुचना या नियम बाहिर आएको पनि छैन।

अष्ट्रेलियाको बोर्डर खुलेको यो सुरुवाती चरणमा विद्यार्थीहरुका लागि रोजगारीको अवसर कस्तो छ ?
अहिलेको अवस्था हेर्दा, यहाँ कामदारहरुको माग उच्च छ। त्यसैले नेपाली विद्यार्थीलाई अहिले काम पाउन धेरै गाह्रो हुँदैन भन्ने लाग्छ। तर म विद्यार्थीलाई यो सुझाव दिन्छु कि, पैसा नै कमाउन भनेर विद्यार्थी भिसामा नआउनुस्। कम्तिमा एक वर्षसम्म काम नगर्नुस्। एक वर्षको खर्च नेपालबाट नै व्यवस्था गरेर आउनुस्।

नेपालमै रहेर अनलाइन पढिरहेका विद्यार्थीहरुलाई अष्ट्रेलिया पुगिसकेपछि कत्तिको सहज होला ?
यहाँको पाठ्यक्रम, सिकाई तरिका केही हदसम्म थाहा भइसकेको हुनाले अलिकति सहज हुन्छ। तर यहाँ आइसकेपछि यहाँको वातावरण, साथीहरु, जीवनशैलीमा घुलमिल हुनुपर्यो। अनलाइन पढ्नु र यहाँ आएर पढ्नुमा धेरै फरक हुन्छ।

पार्टनर भिसा पाएका तर अष्ट्रेलिया जान नपाउँदै भिसा सकिएकाहरुका लागि कस्तो व्यवस्था रहेको छ ?
विद्यार्थी पार्टनर भिसाको कुरा गर्दा, यहाँ आउन नपाउँदै भिसा म्याद सकिएको छ भने, फेरी एप्लाई गर्नुपर्ने हुन्छ। तर राम्रो पक्ष यो छ कि, यहाँ रहेको आफ्नो पार्टनरसंग भिसा कम्बाइन गर्न सकिन्छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments