Sunday, January 19, 2025
No menu items!
Homeटप-स्टोरीअष्ट्रेलियाको क्विन्सल्याण्डमा स्किल्ड भिसामा आवेदन दिनेको संख्या ३ हजारभन्दा बढी, प्रोसेसिङ्ग समय...

अष्ट्रेलियाको क्विन्सल्याण्डमा स्किल्ड भिसामा आवेदन दिनेको संख्या ३ हजारभन्दा बढी, प्रोसेसिङ्ग समय लम्बिने

ब्रिसबेन। अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यले गत महिना १९० स्किल्ड नोमिनेटेड भिसा (सबक्लास १९०) र स्किल्ड वर्क रिजनल (प्रोभिजनल) भिसा सबक्लास ४९१ का लागि इन्भिटेसन खुल्ला गरेको थियो। जसमा विभागलाई ३ हजारभन्दा बढी इओआई प्राप्त भएको एसबिएस न्युजले उल्लेख गरेको छ।

दक्ष पेशाको सूचीमा यसपटक पाँच सयभन्दा बढी पेशा रहेका छन्। पेशा धेरै भएका कारण पनि इओआई धेरै प्राप्त रहेको रोजगारी तथा साना व्यवसाय विभागले जनाएको छ। जसका कारण प्रोसेसिङ्ग समय पनि लम्बिने बताइएको छ। कुन पेशामा बढी इओआई प्राप्त भएको भन्ने बारेमा भने अहिल्यै बताउन नसकिने विभागले उल्लेख गरेको छ।

क्विन्सल्याण्डले हाल अनशोरका लागि मात्र इन्भिटेसन खुल्ला गरेको छ। यद्दपी विभागले यो बताएको छ कि, आगामी महिना परिस्थितिलाई मूल्यांकन गरेर, अफशोरका लागि निर्णय लिइनेछ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments