चार हजार ५८० मिटरको उचाइमा अवस्थित रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको माजिलामा रहेको भेडीगोठमा भेंडाको दूध दुहुँदै भेडीगोठाला । उनीहरु भेडाको दूध, दही र खुवा खानाको रुपमा प्रयोग गर्छन् भने घिउ विभिन्न रोगहरुको औषधिको रुपमा प्रयोग हुने भएकाले महङ्गोमा बिक्री गर्छन्। तस्बिरः कुलदीप न्यौपाने/रासस