Saturday, April 18, 2026
No menu items!
Homeताजा खबरवसन्तनगरमा मङ्गलादेवी ज्येष्ठ नागरिक पार्क निर्माण

वसन्तनगरमा मङ्गलादेवी ज्येष्ठ नागरिक पार्क निर्माण

काठमाडौँ, १० भदौः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान संविधानले व्यवस्था गरेको समावेशी, समानुपातिक प्रतिनिधित्वको व्यवस्था मङ्गलादेवीको नेतृत्वमा भएका आन्दोलनको उपलब्धि रहेको बताउनुभएको छ । बाग्मती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा काठमाडौँ महानगरपालिका–६ वसन्तनगरमा निर्मित मङ्गलादेवी सिंह ज्येष्ठ नागरिक पार्कको आज उद्घाटन गर्दै मन्त्री सिंहले नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मङ्गलादेवी भएको उल्लेख गर्नुभयो । उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “अहिले संविधानले हरेक क्षेत्रमा समावेशी, समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको छ । नीतिगत तहमा महिलाको हक र प्रतिनिधित्व सुनिश्चित भएको छ । महिलासँग जोडिएका आन्दोलन मङ्गलादेवीको नेतृत्वमा भएका हुन् ।” नेवारी मौलिक पहिचान झल्काउने फाल्चा, व्यवस्था शौचालयसहितको व्यवस्थित पार्कले बानेश्वर, बुद्धनगर, बबरमहल क्षेत्रका ज्येष्ठ नागरिकलाई घुमफिर गर्न र समय कटाउन सहज हुने प्रदेश सांसद दिपेन्द्र श्रेष्ठले बताउनुभयो । पार्कको सञ्चालन र संरक्षण काठमाडौँ–११ ले गर्ने वडाध्यक्ष हिरालाल तण्डुकारले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments