Tuesday, December 9, 2025
No menu items!
Homeटप-स्टोरीरविलाइ खुलापत्र ...

रविलाइ खुलापत्र …

प्रिय रविजी,
तपाईँको पार्टी चार प्रमुख मन्त्रालय सहित सरकारमा जोडिनुभएको खबरले औधि खुसि लागेको छ । व्यक्तिगत रुपमा मलाई तपाइँहरु जतिको नयाँ पार्टी सरकारमा जाने भन्दा पनि सदनमा शसक्त प्रतिपक्षको भूमिकामा रहनुपर्ने र पार्टीलाई पार्टीकारुपमा संस्थागत गर्न तिर लाग्नुपर्ने हो भन्ने लाग्छ । यति भनिरहँदा सरकारमा बसेर आमूल परिवर्तन गर्ने तपाईँहरुको चाहनाको विरोधि भने म होइन । एउटा युवाका नाताले तपाईँहरुको सफलतासँगै हाम्रो पुस्ताको सफलता जोडिएको छ । तपाईँलाई असफल हुने छुट आजको समयमा किन पनि छैन भने तपाईँले हिजो सञ्चारका माध्यमबाट र आज सामाजिक संजालबाट जनतामा एक किसिमको आक्रोस सृजना गरिसक्नु भएको छ । त्यो आक्रोस शान्त पार्न पनि तपाईँहरुलाई असफल हुने छुट छैन ।
तर, पार्टीले पूर्णरुपमा आकार ग्रहण नगरिसकेको अवस्थामा भने सरकारमा गएर कस्तो किसिमका योजनाहरु कार्यान्वयन गर्ने त्यसको हेक्का एउटा जिम्मेवार पार्टीले त गर्न पर्ने होइन र ? तपाईँ आफै माथि हिजो पनि केही मुद्धा थिए र आज पनि सहकारी मुद्धामा तपाईँको नाम मुछिएको छ । अनुसन्धान गर्नुपर्ने निकायको प्रमुख भएरै जानुपर्ने त्यस्तो के आवश्यकता तपाईँलाई आइपरेको हो ? तपाईँले त बरु आफ्नो दलको अन्य कुनै नेताको नेतृत्वमा सरकारमा गएर आफु पार्टी निर्माणमा लाग्नु भएको भए हुने । त्यसो हुन नसकेको खण्डमा कमसेकम गृह बाहेकको अन्य कुनै मन्त्रालय लिँदा थोरै भए पनि तपाईँको नैतिक शाख जोगिन्थ्यो कि भन्ने लागेको छ ।
रविजी,
तपाईँले २०८० असोज २७ गते तीन प्रमुख दलका विरुद्ध लेखेको स्टाटस सम्झिन्छु अनि मनमनै लाग्छ तपाईँ कतै पपुलिजमबाट उदाएर पपुलिजमकै राजनीतिमा रमाइ त रहनु भएको छैन ? तपाईँले लेख्नुभएको थियो “हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौँ । तपाईँहरु सबै रास्वपा विरुद्ध गठबन्धन बनाउनुहोस् । अबको चार वर्ष तपाईँहरुको लागि अन्तिम अवसर हो ।” के तपाईँले निर्माण गर्न खोजेको वैकल्पिक राजनीतिको जग यति कमजोर छ कि तपाईँ आफै ४ महिना पनि टिक्न नसक्ने अवस्थामा पुग्नु भयो ? जान्नेलाई छान्ने नारा बोकेर तपाईँहरुले मंसिरमा गर्ने भन्नुभएको महाधिवेशन अझै गर्नुभएको छैन । केही वडाको अधिवेशनलाई देखाएर तपाईँ महाधिवेशनको कार्य सुरु भयो भन्नुहुन्छ तर महाधिवेशन र अरु अधिवेशन त फरक होइन र ? कि तपाईँले भ्रमको खेति गर्न जान्ने हामी हो भन्ने स्थापित गर्न खोज्नु भएको हो?
नजानुपर्ने सरकारमा गइसक्नुभयो अब केही गरेर देखाउनुहोस् । तपाईँले भनेको चेकलिष्ट जनतामाझ सार्वजनिक गर्नुहोस् र जनतालाई तपाईँको कामको मुल्यांकन गर्न दिनुहोस् । नत्र जनताले केही समयमै भन्ने छन् “इनफ इज इनफ” ।

-आशिष रेग्मी

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments