Tuesday, December 9, 2025
No menu items!
Homeटप-स्टोरीरविको गठबन्धन सरकार !

रविको गठबन्धन सरकार !

‘कांग्रेस, एमाले, माओवादी भएकाजति सबै मिल्नुस्, हामी अब ८४ अगाडि कोहीसँग मिल्दैनौं । तपाईंहरु सबै मिलेर रास्वपा बिरुद्धको गठबन्धन बनाए हुन्छ ।

उद्देश्य एउटै, कार्यशैली एउटै, चरित्र एउटै, गन्तव्य एउटै भएपछि सटरचाहिँ किन बेग्लाबेग्लै ?’ पुराना सबै दलहरुलाई रवि लामिछानेले यस्तो हाँक दिएपछि सामाजिक सञ्जालमा समर्थन नगर्ने को थियो र ? सबैले लेखे– रवि दाइ, हाईहाई ! बाहिर, रवि दाइ– हाईहाई ! भित्र, रवि दाइ– जुन सटरमा सत्ताको भोज त्यही सटरमा घरजम बसाइ ! सामाजिक सञ्जालमा नयाँ नकाव भिरेर सम्भव/असम्भव, हुने/नहुने सबै कुराको चारो छरेपछि अहिले भर्चुअल भइसकेका मान्छेको भीड त्यहाँ लागिहाल्छ । तिनीहरुले आँखा चिम्लेर गरेको समर्थनलाई आफ्नो फाइदामा भित्रभित्रै बेचबिखन गर्न पाइन्छ ।

हुन त रविको पार्टी उमार्ने र फस्टाउने खेत नै सामाजिक सञ्जाल हो । सञ्जालमा पुरानालाई जति गाली गर्यो त्यति वाह वाह ! न केही गर्नु पर्ने, न केही दोष लाग्ने । सञ्जालमा सक्रिय मान्छेको मनोविज्ञान बुझ्यो, सोही अनुसार बिरोधको बीऊ रोप्यो, लोकप्रियताको बाली फस्टाइहाल्छ । तर, भित्रभित्रै त आफू पनि उही हो– यता ओली र प्रचण्डसँग गृहमन्त्री वार्गेनिङ, उता देउवासँग प्रधानमन्त्री पदको मोलतोल । अब नयाँ भन्नेहरुको पनि बेग्लै सटर किन चाहियो ?

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments