Sunday, April 27, 2025
No menu items!
Homeनेपाल खबरस्वास्थ्य बीमा रकम पाँच लाख पुर्याइने

स्वास्थ्य बीमा रकम पाँच लाख पुर्याइने

भक्तपुर, १४ माघः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले रु एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने बताउनुभएको छ । आज यहाँ आयोजित कार्यक्रममा मन्त्री पौडेलले भन्नुभयो, “स्वास्थ्य बीमामा रु पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ ।” उहाँले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । बीमा रकम रु पाँच लाख पुर्याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उहाँको कथन थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments