Sunday, April 27, 2025
No menu items!
Homeनेपाल खबरस्वदेशमा उद्यम गर्दै भविष्य बनाइरहेछन् केही पौरखी युवा

स्वदेशमा उद्यम गर्दै भविष्य बनाइरहेछन् केही पौरखी युवा

काठमाडाँै, १४ माघः बिहान अरुले हातमुख धुँदैगर्दा हर्क विकले रु दुई हजारको व्यापार गरिसक्नुहुन्छ । घरघरमा पुगेर ग्राहकलाई दूध पुर्याएर उहाँ कर्मस्थल फर्किनुहुन्छ । बुढानीलकण्ठ–६ मा गाईपालन र तरकारीखेती एकसाथ गर्नुभएका अछामका ३३ वर्षे विकलाई कृषि पेशा निकै फापेको छ । राजनीतिक र सामाजिक कार्यसमेतमा सक्रिय विक मेहनत गर्नेलाई अर्थोपार्जन गर्न विदेश जानुपर्दैन भन्ने लाग्छ । एक वर्षदेखि उहाँले बुढानीलकण्ठमा पाँच रोपनी जमिन भाडामा लिएर ६ वटा गाईसँगै तरकारी खेती पनि थाल्नुभएको हो । गाइपालनमा प्रशस्त आम्दानी हुने भएकाले उहाँले परिवारसमेतलाई यही पेशामा आबद्ध गराउनुभयो । सरकारी जागिरे उहाँकी श्रीमतीले जागीरै छोडेर विकको कृषि कार्यमा साथ दिनु थाल्नुभयो । “गाउँका बेरोजगार र विदेश पलायन हुनथालेका युवालाई आफ्नै कृषि फार्ममा रोजगार दिएकोछु,” विकले भन्नुभयो, “स्वदेशमा परिश्रम गरे आम्दानी गर्न कठिन छैन ।” कृषि बजारमा थुप्रै सम्भावना छन् । बिचौलियाले किसान र उपभोक्तालाई ठगेका उहाँको गुनासो छ । यो बेथितिदेखि जोगीन विकले आफ्नै डेरीसमेत सञ्चालन गर्ने योजना बनाएको सुनाउनुभयोे । मल्टिभिजन एग्रोप्रडक्सन एण्ड सप्लायर नामको कम्पनी स्थापना गरेर उहाँले आफ्नै लगानीमा कृषिकर्म थाल्नु भएको हो । दोलखाका निकेश श्रेष्ठ अर्का उदाहरणीय युवा उद्यमी हुनुहुन्छ । श्रवण क्षमता कम भएका उहाँ कम्प्युटर इञ्जिनियर हुनुहुन्छ । विदेश जाने सोचमा रहनुभएका उहाँ आमाबुबाको सपना साकार पार्नेतर्फ लाग्नुभयो । नौ महिनादेखि उहाँले राजधानीमा ‘कफीसप’ सञ्चालन गरेर श्रवणशक्ति नभएकाहरुले पनि समाजमा केही गर्न सक्छन्भन्ने गतिलो दृष्टान्त प्रस्तुत गर्नुभएको छ । उद्यमी श्रेष्ठकी आमा सरुनाले उहाँलाई भाषामा र व्यवसायमा सघाउनुहुन्छ । “साथीहरू र आमाबुबाको उत्साहले कफीसप खोल्ने आँट गरेको हुँ”, श्रेष्ठ भन्नुहुन्छ, स्वदेशमा उद्यमी बनेर ठिकै गरेछु जस्तो लाग्छ ।” महाराजगन्ज चक्रपथ घर भएका ३६ वर्षे विराज खड्काका ‘आई एम द गार्डेन र खड्का नर्सरी’ प्रमुख उद्यमस्थल हुन् । आमाले परम्परागत रूपमा सुरु गरेको नर्सरी व्यापारलाई उहाँले आधुनिकीकरण गर्नुभएको हो । सन् २०१२ मा उच्च शिक्षाका निम्ति बेलायत बेलायत जानुभएका उहाँ आमालाई व्यवसायमा सघाउन स्वदेश फर्कनुभयो । जिज्ञासु स्वभावका खड्काले एक दिन आमाले नर्सरीमा व्यापार गरिरहेको नियाली रहनुभयो । आमाले विरुवा हुर्काउन गरेको सङ्घर्षले उहाँलाई प्रेरणा मिल्यो । आमाको उद्यम फस्टाएको थिएन तर उहाँले काम भने जारी नै राख्नुभएको थियो । आमालाई सघाउन दृढ निश्चय गरेर तीन रोपनीमा सुरु गरेको नर्सरी अहिले २० रोपनीमा विस्तार भएको छ । एक लाख २० हजारका बेर्ना प्रत्येक महिना उत्पादन भए जुन चितवन, पोखरा, विराटनगर, झापा, धरान, भैरवाह, बुटवल, दाङलगायत सहरमा बिक्री हुने गरेका छन् । “यो व्यवसाय भनेको आजै रोपेर भोलि फल पाइहाल्छु भन्ने होइन,” उहाँले भन्नुभयो, “व्यापारमा सफलता हालिस गर्न धैर्य आवश्यक छ ।”

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments