Friday, April 17, 2026
No menu items!
Homeनेपाल खबरसुखीपुरमा चौथो नगर कप टि–२० क्रिक्रेट प्रतियोगिता

सुखीपुरमा चौथो नगर कप टि–२० क्रिक्रेट प्रतियोगिता

सिरहा, ४ पुसः सिरहाको सुखीपुर नगरस्तरीय चौथो नगर कप टि–२० क्रिक्रेट प्रतियोगिता हुनेभएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, नगरका लागि खेलकुद’ भन्ने नाराका साथ यही पुस ७ गतेदेखि उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो । नगर सुधार समिति सुखीपुरको आयोजना र स्थानीय क्रिकेट क्लबको व्यवस्थापनमा प्रतियोगिता हुने समितिका संयोजक भुवन यादवले जानकारी दिनुभयो । उहाँका अनुसार सुखीपुर नगरका दश वटै वडाले आफ्नो खेलाडी समूह सहभागी गराउने छन् । प्रतियोगिताको लागि अहिले खेल अभ्यास गराउँदै आएको संयोजक यादवले जानकारी दिनुभयो । प्रतियोगिताबाट उत्कृष्ट खेलाडीको पहिचान गरिने र उनीहरुको विकासमा नगरले ध्यान दिने नगरप्रमुख रामऔतार यादवले बताउनुभयो । त्यसैगरी उहाँले खेलको व्यवसायीकरणबाट नगरको प्रतिष्ठा र गौरव बढाउन सकिने भएकाले प्रत्येक वर्ष प्रतियोगिता सञ्चालन गर्दै आएको पनि जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments