Sunday, April 19, 2026
No menu items!
Homeनेपाल खबरशुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरीचौकी स्थापना गर्न माग

शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरीचौकी स्थापना गर्न माग

कञ्चनपुर, ४ पुसः शुक्लाफाँटा नगरपालिकाका दुर्गम क्षेत्रका वडामा प्रहरीचौकी स्थापनाको माग गरिएको छ । वडा नं ७, ८ र ६ लाई समेटने गरी प्रहरीचौकी स्थापना गर्न स्थानीय बासिन्दाले माग गरेका हुन् । “चोरी एवं आपराधिक घटना बढ्दै गएकाले प्रहरी पोष्टको स्थापना हुन जरुरी छ”, शुक्लाफाँटा –७ का वडा सदस्य केशव ठगुन्नाले भन्नुभयो, “चार बढी घरमा एकै पटक चोरी भएको छ, प्रहरीचौकी भएको भए त्यो रोकिन्थ्यो ।” पायक पर्ने ठाउमा प्रहरीचौकी स्थापना हुनुपर्ने उहाँको भनाइ रहेको छ । शुक्लाफाँटा –१२ का वडाध्यक्ष नवलसिंह रानाले वडा नं १ मा स्थापना गरिएको प्रहरीको अस्थायी पोष्टलाई स्थानान्तरण गरी वडा नं १ र १२ को बीचमा पर्ने गरी राख्नुपर्ने सुझाव दिनुभयो । स्थानीय बासिन्दाको मागलाई मध्यनजर गर्दै वडा नं ७ र ८ का बीचमा प्रहरीचौकी राख्ने बारे नगरकार्यपालिकाबाट निर्णय गरी जिल्ला सुरक्षा समितिमा पठाइएको नगर प्रमुख रणबहादुर महराले बताउनुभयो । “प्रहरीचौकीको त्यस ठाउँमा निकै आवश्यक छ”, उहाँले भन्नुभयो, टाढाको क्षेत्र भएकाले प्रहरी पुग्न निकै समय लाग्छ, त्यस बेलासम्म अपराध गर्नेहरु फरार हुन्छन, शान्ति सुरक्षा कायम राख्नका लागि प्रहरीचौकीको अत्यन्त खाँचो छ ।” जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले प्रहरीचौकी राख्नेबारे जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गरेर गृह मन्त्रालयमा पठाइएको बताउनुभयो । उहाँले वडा नं १ र १२ मा प्रहरी पोष्टलाई स्थानान्तरण गरेर राख्नुपर्नेबारे बुझेर कार्य अगाडि बढाइने बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments