Friday, April 17, 2026
No menu items!
Homeताजा खबरजिप दुर्घटनामा तीनजनाको मृत्यु

जिप दुर्घटनामा तीनजनाको मृत्यु

लुम्बिनी, २९ मङ्सिरः पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गएराति बुटवल उपचारका लागि बिरामी बोकेर आउँदै गरेको लु२च २४८० नम्बरको बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बुटवल उपमहानगरपालिका–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उहाँकी श्रीमती ६७ वर्षीया गौरी र जिप चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । गौरीलाई एक्कासि दम बढेपछि उपचारका लागि नयाँ गाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लैजाने क्रममा जिप पुलको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । पुल पार गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको उहाँले बताउनुभयो । उक्त जिप बुटवल–१३ स्थित अर्घाखाँची क्याटरिङको रहेको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments