Friday, April 17, 2026
No menu items!
Homeताजा खबरकाठमाडौँमा चिसो बढ्यो

काठमाडौँमा चिसो बढ्यो

काठमाडौँ, २९ मङ्सिरः काठमाडौँमा आज यस वर्षकै चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ । यसअघि हिजो काठमाडौँको न्यूनतम तापक्रम ३.१ डिग्री थियो । महाशाखाले आज बिहान ८ः४५ बजे सार्वजनिक गरेको तापक्रम विवरणअनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्रीमा झरेको छ । तराईमा हुस्सु र कुहिरो हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको जनाइएको छ । तराईका केही स्थानमा हुस्सु÷कुहिरो लागेको विभागले जानकारी दिएको छ । दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । राति देशभर मौसम मुख्यतया सफा रहने आज बिहान जारी बुलेटिनमा जनाइएको छ

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments