Sunday, April 19, 2026
No menu items!
Homeटप-स्टोरीनिरू त्रिपाठीको शब्द र अभिनयमा ‘साथी मेरो जीवन साथी’ (भिडियो)

निरू त्रिपाठीको शब्द र अभिनयमा ‘साथी मेरो जीवन साथी’ (भिडियो)

अष्ट्रेलिया , मेलबर्न। निरू त्रिपाठीको शब्द, मिलन नेवार र प्रताप दासको आवाजमा ‘साथी मेरो जीवन साथी..’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यो म्युजिक भिडियोको निर्देशन केशव राज भट्टले गरेका हुन्।

बिगत लामो समय देखि अष्ट्रेलियाको मेलबर्नमा बसोवास गर्दै आएकी निरू त्रिपाठी संगीत तथा साहित्यमा कलम चलाइरहेको पाईन्छ। आफ्नै शब्द भएको यस म्युजिक भिडियोमा स्वयंले अभिनय गरेकी छन् भने उनलाई अभिनयमा मोडल विकास लामिछानेले साथ दिएका छन्। यो म्युजिक भिडियोमा श्रीमान श्रीमती बीच हुने प्रेम र समर्पणको भाव रोमाञ्चक तरिकामा प्रस्तुत गरिएको पाइन्छ।

यो म्युजिक भिडियो निरू त्रिपाठी युट्युब च्यानलबाट सार्वजनिक भएको छ। केहि समय अघि त्रिपाठीले आफ्नो पहिलो उपन्यार्स पेरिस्कानो’ उपन्यास र त्यसको कथामा आधारित एउटा गीत पनि सार्वजनिक भएको थियो।

https://youtube.com/watch?v=N2bA8ETFcLk%3Fstart%3D1%26feature%3Doembed
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments