Sunday, April 19, 2026
No menu items!
Homeटप-स्टोरीबाबा फिल्मस् को ‘मनमीत’ मा पुष्प खड्का र रुबीना थापा

बाबा फिल्मस् को ‘मनमीत’ मा पुष्प खड्का र रुबीना थापा

काठमाडौं। खड्का एन्ड सन्स सिनेको प्रस्तुतीमा ‘मनमीत हौं तिमी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। जुन गीतमा ‘माया मारेर’ जस्ता दर्जनौं गीत गाएर चर्चामा आएका गायक धर्मेंद्र सेवनको स्वर रहेको छ।

जयन जे. वाइबाको शब्द, संगीतमा रहेको भिडियोमा पुष्प खड्का र रुबीना थापाको अभिनय देख्न सकिन्छ।

बाबा फिल्मस् प्रोडक्शनमा बनेको म्युजिक भिडियो काठमाडौं आसपासको रमणीय ठाउँहरुमा खिचिएको हो। जसमा पढाईको साथसाथै फिल्म क्षेत्रमा पनि अघि बढ्दै आएका संजय सेंचुरीको निर्देशन रहेको छ भने यस गीतको भिडियोलाई ज्ञानेंद्र शर्मा हुमागाईले खिचेका हुन। त्यस्तै भिडियोलाई सन्तोष राजभकले कोरियोग्राफर गरेका छन्। र भिडियोको सम्पादन भने प्रबीन भट्टले गरेका हुन।

यो म्युजिक भिडियो बाबा फिल्मस् प्रोडक्शन च्यानलबाट सार्वजनिक गरिएको छ। भिडीयो हेर्न तलको लिङ्क क्लिक गर्नु होला।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments