Monday, April 20, 2026
No menu items!
Homeनेपाल खबरअफगानिस्तानविरुद्ध टस हारेर बलिङ गर्दे नेपाल

अफगानिस्तानविरुद्ध टस हारेर बलिङ गर्दे नेपाल

काठमाडौं, १८ मङ्सिरः युएईमा जारी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने खेलमा अफगानिस्तानसाग नेपालले टस हारेको छ । दुवईको सारजाह क्रिकेट रङ्गशालामा भएको टसमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ रोजेको हो । प्रतियोगिताबाट बहिरिसकेका दुवै टोली पहिलो जितको खोजीमा छन् । नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रन र दोस्रो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । अफगानिस्तान पहिलो खेलमा बङ्गलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलङ्कासँग एक सय ३१ रनले पराजित भएको थियो । एसिसीको आयोजनामा जारी प्रतियोगितामा एसियाका आठ देश सहभागी छन् । प्रतियोगितामा एसियाका पाँच टेस्ट राष्ट्र स्वतः छनोट भएका थिए । नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष तीनमा रहेर छनोट भएका थिए । समूह ‘बी’ मा नेपाल श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् भने समूह ‘ए’मा भारत, पाकिस्तान, जापान र युएई छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments