Monday, April 20, 2026
No menu items!
Homeनेपाल खबरसडक निर्माणको जिम्मा लिएर निर्माण व्यावसायी सम्पर्कविहीन

सडक निर्माणको जिम्मा लिएर निर्माण व्यावसायी सम्पर्कविहीन

त्रिशूली (नुवाकोट), १८ मङ्सिरः सडक निर्माणको जिम्मेवारी लिएर निर्माण व्यवसायी सम्पर्कमा नआएपछि पूर्वाधार विकास कार्यालय नुवाकोटले खोजी थालेको छ । जिल्लाको शिवपुरी गाउँपालिका–४ स्थित आइतरामपाटी–पुणीभञ्याङ हुँदै सिक्रे मैदान, तलाखु, छाप सडक स्तरोन्नतिको जिम्मा लिएको केबिएनएस–केबिके जेभीलाई कार्यक्षेत्रमा फर्किएर काम सुरु गर्न कार्यालयले खोजी थालेको हो । निर्माणको सम्झौता र सडक शिलान्यास गरेर अहिलेको काम गर्नुपर्ने मुख्य समयमा निर्माण व्यवसायी सम्पर्कमा नआएपछि कार्यतालिकाअनुसार काम अघि बढाउन पत्राचारमार्फत खोजी थालिएको कार्यालय प्रमुख सुजन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गत जेठ १७ मा भएको सम्झौता र कात्तिक ६ मा भएको सडक शिलान्यासपश्चात पनि काम नभएपछि निर्माण व्यवसायीलाई कार्यक्षेत्रमा फर्केर कामलाई शीघ्र अघि बढाउन पत्राचार गरिएको छ । “गत आर्थिक वर्षको बहुवर्षीय ठेक्काअनुसार दुई वर्षभित्र सडक स्तरोन्नतिसहित कालोपत्र गर्न ठेक्का लगाइएको हो”, उहाँले भन्नुभयो, “सम्झौतापश्चात छ महिनासम्म काम अघि बढाउन निर्माण व्यवसायीले चासो नदिएपछि पुनः दबाब दिने उद्देश्यले गत कात्तिक ६ मा पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशशरण महतमार्फत शिलान्यास गरेर काम गर्न निर्देशन दिए पनि व्यवसायीले अटेर गरेका छन् ।” बीस वर्षअघि ट्रयाक खोलिएको उक्त सडकको करिब छ किलोमिटर स्तरोन्नतिसहित कालोपत्र गर्न रु १६ करोड ३० लाखमा केबिएनएस–केबिके जेभीले ठेक्का लिएको थियो ।निर्माणको जिम्मा लगाउने समयमा भएको सहमतिअनुसार काम नभएपछि योजना कार्यान्वयनका लागि बजेटको स्रोत सुनिश्चितता गर्ने बागमती प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री बहादुरसिंह लामाले निर्माण सुरु गर्न ढिलो नगर्न पूर्वाधार विकास कार्यालयलाई निर्देशन दिनुभएको छ । सोपश्चात कार्यालयले निर्माण व्यावसायीलाई कार्यक्षेत्रमा फर्कन खोजी थालेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments