Wednesday, April 22, 2026
No menu items!
Homeनेपाल खबरक्यान्सरपीडित खत्रीद्वारा सहयोग याचना

क्यान्सरपीडित खत्रीद्वारा सहयोग याचना

कञ्चनपुर, ५ मङ्सिरः स्तनक्यान्सरबाट पीडित कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटाका ५३ वर्षीया नन्दादेवी खत्री उपचार खर्चको अभावमा रोग पालेर बस्न बाध्य हुनुभएको छ । उहाँले दाताहरूसँग सहयोगको याचना गर्नुभएको छ । “जाथजेथा बेचेर आएको रु ३० लाख उपचारमा खर्च भैसक्यो, रोग निको भएको छैन”, थप खर्च नहुँदा पीडा सहनुको विकल्प नरहेको दुखेसो उहाँले गर्नुुभयो । “एकसय बाख्रा थिए, रु छ लाखमा बेच्यौँ, तर क्रेताले पूरा रकम दिएनन्”, “बाख्राको पैसा असुलीका लागि अदालतसम्म पुग्यौँ, न्याय पाएनौँ”, पीडित खत्रीका देवर गगनले भन्नुभयो । एकपटकको उपचारमा रु ३० देखि ४० हजारसम्म खर्च हुने गरेको तथा त्यति रकम जुटाउन नसक्दा बिरामीलाई घरमा नै राख्नुपरेको बताउँदै उहाँले भाउजूको उपचारका लागि आफू चन्दा सङ्कलनमा जुटे पनि उपचार खर्च अपुग भएकाले दातासँग उहाँले सहयोगको याचना गर्नुभएको छ । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments