Friday, April 17, 2026
No menu items!
Homeताजा खबरअस्ट्रेलियामा विमान दुर्घटनामा हुदाँ दुई जनाकोे मृत्यु

अस्ट्रेलियामा विमान दुर्घटनामा हुदाँ दुई जनाकोे मृत्यु

अस्ट्रेलियाको सिड्नी देखि दक्षिणपश्चिम क्षेत्रमामा शनिबार भएको विमान दुर्घटनामा परी दुई जनाको मृत्यु भएको अस्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिड्नीको बाहिरी दक्षिणपश्चिममा दुईवटा हल्का विमानहरू ठोक्किएर दुर्घटना ग्रस्त भएका थिए । सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखी दुर्घटनाग्रस्त क्षेत्रबाट टाढा रहन आग्रह गर्दै थप जानकारीको लागि अनुसन्धान भईरहेको एनएसडब्लु प्रहरीले उल्लेख गरेको छ । घटनास्थलमा एनएसडब्लु प्रहरी, अग्नि नियन्त्रक र एनएसडब्लु एम्बुलेन्स उपस्थित रहेको जनाइएको छ । अस्ट्रेलियन ट्रान्सपोर्ट सेफ्टी ब्युरोले दुर्घटनाको कारणबारे थप अनुसन्धान गर्ने एनएसडब्लु प्रहरीले जनाएको छ । – – –

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments