Friday, May 1, 2026
No menu items!
Homeनेपाल खबरखाँदबारी कारागारलाई पुस्तक हस्तान्तरण

खाँदबारी कारागारलाई पुस्तक हस्तान्तरण

किमाथाङ्का (सङ्खुवासभा), २१ असोजः साब्लाबुङ पुस्तकालय अभियानले खाँदबारी कारागारभित्रको पुस्तकालयका लागि साब्लाबुङ विभिन्न विषयका पुस्तक उपलब्ध गराएको छ । । कैदीबन्दीलाई पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको अभियानका अध्यक्ष राजकुमार राईले जानकारी दिनुभयो । एक लाख ५० हजारबराबरको कानुन, साहित्य लगायत अन्य प्रेरणादायक नौ सय थान बढी पुस्तक उपलब्ध गराइएको उहाँ बताउनुभयो । अभियानले ‘शैक्षिक संस्थामा पुस्तकालय, गाउँटोलमा पुस्तकालय र घरमा पुस्तकालय निर्माण गरौँ’ भन्ने अभियानका साथ काम गरिहेको अध्यक्ष राईले बताउनुभयो । जेलर तुलसी पौडेलका अनुसार कारागारमा एक सय ३५ कैदीबन्दी रहेको छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments