Monday, April 20, 2026
No menu items!
Homeनेपाल खबरयौन तथा प्रजनन स्वास्थ्य र यौनिकता शिक्षामा अग्रसरता लिँदै परिवार नियोजन संघ

यौन तथा प्रजनन स्वास्थ्य र यौनिकता शिक्षामा अग्रसरता लिँदै परिवार नियोजन संघ

काठमाडौँ १ असोजः यौन तथा प्रजनन स्वास्थ्य तथा परिवार योजना सेवा प्रदायक अगुवा संस्था नेपाल परिवार नियोजन सङ्घले आफ्नो ६५औँ स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी मनाउँदैछ । समाजसेवी द्वारिकादेवी ठकुरानीको पहल र सक्रियतामा विसं २०१६ अजोज २ गते सङ्घको स्थापना भएको थियो । नेपालमा यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्ने अग्रणी एवं पुरानो संस्था सङ्घले हाल ३१ जिल्लामा रहेका आफ्ना सेवा केन्द्रमार्फत ३५० नगरपालिका तथा गाउँपालिकामा विस्तारित कार्यक्रम तथा सेवा केन्द्रमार्पmत समुदायमा आफ्ना सेवा पु¥याइरहेको छ । सङ्घद्वारा जारी विज्ञप्तिका अनुसार सङ्घले विशेषगरी सेवासुविधाबाट वञ्चित, अल्पसङ्ख्यक, सीमान्तीकृत तथा जोखिम समुदायमा यौन तथा प्रजनन स्वास्थ्यका सूचना तथा सुलभ र गुणस्तरीय सेवा पु¥याइरहेको छ । सङ्घका ८० प्रतिशतभन्दा बढी सेवाग्राही सोही समुदायका छन् । नेपालमा परिवार नियोजन कार्यक्रमको सुरुआत गरेको दिन १८ सेप्टेम्बर १९५९ लाई आधार मानेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०१४ मा प्रत्येक वर्ष सेप्टेम्बर १८ लाई राष्ट्रिय परिवार नियोजन दिवस मनाउने निर्णय गरेको थियो । सोही अनुसार सङ्घले बुधबार विभिन्न कार्यक्रम आयोजना गरी ‘११औँ राष्ट्रिय परिवार योजना दिवस’ तथा ‘६५औँ नेपाल परिवार नियोजन सङ्घ स्थापना दिवस’ मनाउन लागेको हो । यस वर्षको परिवार योजना दिवसको नारा ‘सुसूचित छनौटसहितको परिवार योजना सेवाः प्रजनन स्वास्थ्य अधिकार प्राप्तिमा टेवा’ भन्ने रहेको छ । यौन तथा प्रजनन स्वास्थ्य तथा परिवार योजना सेवाको अधिकार हरेक व्यक्तिको समान मानव अधिकार हो र सबै वर्गले यसको निर्वाध रुपमा उपभोग गर्न पाउनु पर्दछ भन्ने मुख्य ध्येयका साथ स्थापित सङ्घले अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घको सदस्य सङ्घका रुपमा कार्यरत रहेको छ । सङ्घले गैरसरकारी क्षेत्रबाट प्रदान गरिने परिवार नियोजन सेवाको अधिकांश हिस्सा ओगटेको छ । तथ्याङ्कअनुसार सङ्घले सन् २०२३ मा करिब ३६ लाख यौन तथा प्रजनन स्वास्थ्यका विविध सेवा प्रदान गरी करिब एक लाख अनिच्छित गर्भधारण, ४३ मातृमृत्यु, ५० हजार असुरक्षित गर्भपतन र ३०० बाल मृत्युदर घटाउन योग्दान पु¥याएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ,“सुरक्षित गर्भपतन सेवामा सङ्घले १४ प्रतिशत योगदान पुर्याउँदै आइरहेको छ । सङ्घले, यौन तथा प्रजनन सेवाबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले हाल एचआइभीको जोखिममा भएका व्यक्तिहरुलाई एचआइभी सङ्क्रमणबाट जोगाउन पाल्पा तथा सुनसरी जिल्लामा आफ्ना शाखा कार्यालयमार्फत प्रेप सेवा सञ्चालन गर्दै आइरहेको छ । सङ्घले आगामी वर्षमा थप चार लाख यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।” सङ्घले विपद् तथा कोरना महामारीका अवस्थामा पनि प्रभावित जनसमुदायमा न्यूनतम आधारभूत प्रजनन स्वास्थ्य सेवाहरु उपलब्ध गराउँदै आइरहेकोछ । विसं २०८० को जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा ४६ घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ । ती शिविरमा एक लाख पाँच हजार व्यक्तिलाई ५५ हजार ६८५ यौन तथा प्रजनन स्वास्थ्य, परिवार नियोजनका विविध सेवा, परामर्श एवम् आपत्कालीन मर्यादा राहत सामग्री प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ । सङ्घले विपद्को बेलामा गरेको सो उत्कृष्ट सेवालाई कर्णाली प्रदेश स्थानीय सरकार तथा विभिन्न पालिकाहरुले कदरपत्रले सम्मान गरेको जनाइएको छ । नयाँ रणनीतिक योजना सङ्घले सन् २०२३ देखि २०२८ सम्मका लागि नयाँ रणनीतिक योजना निर्धारण गरेको छ । यसमा परिवार नियोजन, योजनाका साथसाथै व्यक्ति केन्द्रित सेवा, यौनिकता शिक्षामा अग्रसरता, परिवर्तनका लागि एकबद्धता, संस्थागत वृत्तिविकास र दिगोपना जस्ता मुख्य स्तम्भ रहेका छन् । यी स्तम्भमा आधारित यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका कार्यक्रम अगामी ५ वर्षसम्म विस्तार गर्दै सरकारले निर्धारण गरेको दिगो विकासका लक्ष्यहरु हासिल गर्न सहयोग पु¥याउनु रणनीतिको मुख्य उद्देश्य रहेको छ । सङ्घले उपलब्ध गराएको विभिन्न सेवा सङ्ख्या अन्तर्गत सन् २०१७ मा ३० लाख ९४ हजार, सन् २०१८ मा ३० लाख ६० हजार, सन् २०२० मा ३२ लाख ४५ हजार, सन् २०२१ मा ३५ लाख ९७ हजार, सन् २०२२ मा ३८ लाख ६० हजार, सन् २०२३ मा ३५ लाख ९६ हजार रहेका विज्ञप्तिमा उल्लेख छ । एकीकृत यौन तथा प्रजनन स्वास्थ्य सेवा विज्ञप्तिमा भनिएको छ, “परिवार नियोजन, सुरक्षित गर्भपतन, स्त्रीरोग, (पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा समेत) गर्भवती जाँच, बाँझोपना, यौन सङ्क्रमण तथा एचआइभी परीक्षण तथा परामर्श , लैङ्गिक हिंसा तथा खोप र अन्य प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श तथा सेवा जारी रहेका छन् । आगामी दिनमा विशेषगरी महिला तथा किशोरी जीवनस्तर माथि उकास्ने यस्ता सेवा प्रदान गर्न अनवरत तल्लीन रहने छौँ । ” यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श तथा सेवाको जानकारीका लागि सङ्घले निःशुल्क हेल्प लाइन सेवा १६६००१४५००० सञ्चालन गरिरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments