Saturday, April 25, 2026
No menu items!
Homeनेपाल खबर‘संविधान कार्यान्वयनको पहिलो दशक’ मा छलफल

‘संविधान कार्यान्वयनको पहिलो दशक’ मा छलफल

लुम्बिनी, २६ भदौः लुम्बिनी प्रदेश सरकारले संविधान दिवसका अवसरमा संविधान कार्यान्वयनको पहिलो दशकः उपलब्धि र चुनौती विषयक छलफल कार्यक्रम गर्ने भएको छ । संविधान दिवस मनाउने कार्यक्रमअन्तर्गत संविधानका विषयमा विज्ञहरूको सहभागितामा छलफल कार्यक्रम आयोजना गरिएको हो । संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई स्मरणीय बनाउन तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउन मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा प्रदेश मूल समारोह समिति गठन भएको छ । आगामी असोज २, ३ र ४ गते प्रदेशमा विविध कार्यक्रम आयोजना गरिने छ । असोज २ गते प्रदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाइ गर्ने, स्वास्थ्य मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण गर्नेलगायत कार्यक्र निर्धारण गरिएको छ । यसैगरी, असोज ३ गते संविधान दिवसको मूल समारोह कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीसहित बिहान प्रभातफेरी गरिने र राप्ती उपत्यका देउखुरीमा मूल समारोह आयोजना गरिने जनाइएको छ । असोज ४ गते उपयुक्त स्थान पहिचान गरेर प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय कार्यालयलय सम्बद्ध सरोकारवालाको समन्वयमा वृक्षारोपण गरिने छ । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments