Sunday, April 19, 2026
No menu items!
Homeताजा खबरभारतमा आकस्मिक बर्षापछि आएको बाडीका कारण ५० जनाभन्दा बढी बेपत्ता

भारतमा आकस्मिक बर्षापछि आएको बाडीका कारण ५० जनाभन्दा बढी बेपत्ता

भारतको हिमाचल प्रदेशमा छोटो अवधिको अत्यधिक बर्षापछि आएको बाढीका कारण शिमला, मन्डी र कुल्लु जिल्लामा ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । हिमाचलका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्कुले उद्धार र राहत कार्य जारी रहेको बताउनुभएको छ । शिमलाको रामपुर तहसील, मन्डी जिल्लाको पधार तहसील र कुल्लुको जाओ, निर्मल गाउँमा बर्षाले निम्त्याएको विपद्पछि राष्ट्रिय विपद् व्यवस्थापन बल (एसडिआरएफ), राज्यस्तरीय विपद् व्यवस्थापन बल (एसडीआरएफ) प्रहरी, अग्नि नियन्त्रण सेवालगायतका टोलीहरू राहत तथा उद्धार कार्यमा संलग्न छन् । राहत र उद्धार कार्यका लागि स्थानीय प्रशासनलाई निर्देशन दिई निगरानी गरिरहेको र सम्भावित थप सहयोग गर्न प्रतिबद्ध रहेको मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत जारी एक सन्देशमा उल्लेख गर्नुभएको छ । यसैगरी हिमाचल प्रदेशका राजस्व मन्त्री जगत सिंह नेगीले शिमलाको सामेज क्षेत्रमा ३६ जना र मन्डी जिल्लाको टिक्केन क्षेत्रमा आठ जना बेपत्ता भएको र दुई जनाको शव फेला परेको जनाउनुभएको छ । समाचार तयार पार्दासम्म शिमला जिल्लाको सामेज क्षेत्रमा ३६ जना, मन्डीको टिक्केन क्षेत्रमा आठ जना बेपत्ता भएको जानकारी प्राप्त भएको छ । कुल्लु क्षेत्रमा मलानाको विद्युत परियोजनाको ब्यारेज क्षतिग्रस्त हुँदा मानिसहरू पनि फसेको र सडक सञ्जाल अवरुद्ध भएको छ । हिमाचल प्रदेशमा भएको आकस्मिक र भारी बर्षाले पुगेको क्षति र जनजीवन प्रभावित भएपछि सङ्घीय स्वास्थ्यमन्त्री जगत प्रकाश नड्डाले केन्द्र सरकारबाट सहयोगको आश्वासन दिनुभएको छ । उहाँले हिमाचल विधानसभाका पूर्व मुख्यमन्त्री तथा विपक्षी दलका नेता जयराम ठाकुर र भाजपाका प्रदेश अध्यक्षसँग पनि कुरा गरी सबै भाजपाका कार्यकर्तालाई राहत कार्यमा संलग्न हुन निर्देशन दिनुभएको छ । यसैबीच, मन्डी जिल्ला प्रशासनले घटनाबारे सचेत गराउँदै बासिन्दालाई ब्यास नदीको छेउछाउमा नजान चेतावनी जारी गरेको छ । —

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments