Thursday, April 23, 2026
No menu items!
Homeविश्व खबरखान युनूसमा आठ दिने इजरायली आक्रमणले ५८१ प्यालेस्टिनीको हताहत

खान युनूसमा आठ दिने इजरायली आक्रमणले ५८१ प्यालेस्टिनीको हताहत

गाजा दक्षिणमाअस्थित खान युनूसमा एक हप्ता लामो इजरायली आक्रमणमा परी ५८१ भन्दा बढी प्प्यालेस्टिनी हताहत भएका छन् । गाजाको सरकारी सञ्चार कार्यालयले बुधबार जारी गरेको एक विज्ञप्ति अनुसार खान युनूस क्षेत्रबाट फिर्ता हुनुअघि इजरायली पक्षले २५० भन्दा बढी प्यालेस्टिनीको हत्या गरेको, ३०० जना घाइते भएका र ३१ जना बेपत्ता भएका छन् । इजरायली सेनाले ३१ घरहरू ध्वस्त पारेको छ भने दर्जनौं घर तथा आवासीय संरचनासहित महत्वपूर्ण पूर्वाधारहरू ध्वस्त पारेको छ । इजरायली पक्षले उद्धार र राहत कर्मीलाई बाटोमा रोकेको, उनीहरूका कारण सयौँ सर्वसाधारण घाइते भएका र दशौं हजार विस्थापित भएका छन् । सेनाले मानवता विरुद्धको अपराधको रूपमा खान युनूसमा नागरिक र विस्थापित मानिसहरूको क्रूरतापूर्वक नरसंहार गरेको छ । इजरायली सेनाले जानाजानी आवासीय संरचना, छिमेक र घना जनसङ्ख्याको आवास क्षेत्रमा कारबाही गरी गाजाका धेरै क्षेत्रमा ठूलो सङ्ख्यामा नरसंहार निम्त्याएको प्यालेष्टिनी मानवअधिकारवादी समूहले उल्लेख गरेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments