Tuesday, April 28, 2026
No menu items!
Homeनेपाल खबरप्रस्तावित निर्वाचन आयुक्त प्रधानद्वारा उम्मेदवारी फिर्ता

प्रस्तावित निर्वाचन आयुक्त प्रधानद्वारा उम्मेदवारी फिर्ता

काठमाडौँ, १४ साउन : निर्वाचन आयुक्त पदमा प्रस्तावित कृष्णमान प्रधानले आफूलाई प्रस्ताव गरिएको पदमा उम्मेदवारी कामय राख्न नचाहेको संसदीय सुनुवाइ समितिलाई जानकारी गराउनुभएको छ । समितिलाई आज पत्र लेख्दै उहाँले संवैधानिक परिषद्को सिफारिस प्रतिनिष्ठावान रहँदारहँदै पनि आफूप्रति केन्द्रित दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेको स्पष्ट पार्नुभयो । भविष्यमा राज्यले प्रदान गर्ने जुनसुकै जिम्मेवारीप्रति निष्ठावान रहने बचनबद्धता व्यक्त गर्दै प्रधानले लेख्नुभएको पत्रमा भनिएको छ, “सिफारिस भएको निर्वाचन आयोगको आयुक्त पदमा नियुक्तिका लागि मेरो उम्मेदवारी कायम राख्न नचाहेकाले सम्मानित समिति समक्ष जानकारीसहित अनुरोध गर्दै सो अनुसार व्यवस्था हुन सविनय अनुरोध गर्दछु ।” संवैधानिक परिषद्ले गत असार २ गते उहाँको नाम निर्वाचन आयुक्तमा प्रस्ताव गरी संसदीय सुनुवाइका लागि सङ्घीय संसद् सचिवालयमा पठाएको थियो । समितिले यसअघि यही साउन ९ गते निर्वाचन आयुक्तमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक प्रधानको संसदीय सुनुवाइ गरेको थियो । बैठकमा प्रस्तावित निर्वाचन आयुक्त प्रधानले आफ्नो अनुभव, योग्यता, क्षमतासहितको योजनासम्बन्धी अवधारणा र कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । उहाँका विरुद्धमा महिला हिंसा गरेको आरोप लगाउँदै चार वटा उजुरी परेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments