Saturday, April 18, 2026
No menu items!
HomeUncategorizedमध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध

मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध

त्रिवेणी (रुकुमपश्चिम), १० साउनः मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै रुकुमपूर्वबाट रुकुमपश्चिम, दाङ, नेपालगञ्ज जाने तथा रुकुमपश्चिमबाट रुकुमपूर्व हुँदै बागलुङ, पोखरा र काठमाडाँै जाने सवारी साधन रोकिएका रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो । सडकमा ठूलो पहिरो खसेका कारण तत्काल सडक सञ्चालन गर्न समस्या भएको छ । बाटो खोल्ने प्रयास जारी रहेको उहाँले जानकारी दिनुभयो । पानी नपरेमा आज दिउँसोसम्ममा सडक सञ्चालन हुनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments