Sunday, April 27, 2025
No menu items!
HomeUncategorizedसहकारी ठगी र रवि सम्बन्धी रोचक प्रश्नोत्तर

सहकारी ठगी र रवि सम्बन्धी रोचक प्रश्नोत्तर

सहकारीको रकम टेलिभिजनमा लगानी गरी अपचलन गरेको विषयमा अहिले गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठीरहेको छ । हाल उपप्रधानमन्त्री तथा गृहमन्त्री रहेका रवि पहिले पत्रकार थिए । उनी ग्यालेक्सी टेलिभिजन खोलेर सञ्चार उद्यमी पनि बने । टेलिभिजन सञ्चालक हुनुभन्दा राजनीतिक पेशा अंगाल्नु फाइदाजनक लागेपछि उनले टेलिभिजन पनि छोडे र राष्ट्रिय स्वतन्त्र पार्टी खोले ।

राजनीतिमा नयाँले मात्रै केही गर्न सक्छन्, पुरानालाई ठेगान लगाउन नयाँ पार्टी छान्नु पर्छ भन्ने जबर्जस्त भाष्य खडा गरेर रविको पार्टीले संसद्मा २१ सिट जित्यो । पार्टी सरकारमा पनि गयो, उनी गृहमन्त्री पनि बने ।


तर रवि सञ्चारकर्मी हुँदा राजनीतिक नेतृत्व र नेताप्रति उनले उठाउने गरेका निर्मम प्रश्नले अहिले उनैलाई घाँटी च्यापेजसरी च्याप्न थालेका छन् । रवि सञ्चार उद्यमी हुँदा सहकारीको रकम उनको टेलिभिजनले गरेको अपचलनको प्रश्नले त उनको गृहमन्त्री पदको नैतिक धरातल नै हल्लाइदिएको छ ।

आफ्नो दलबाट आरोपित मन्त्रीहरुलाई राजीनामा नगराउनु कांग्रेसको गल्ती हो । तर इतिहासमा भएका कुनै गल्ती देखाएर वर्तमानमा पनि त्यस्तै गल्ती गर्न पाउनु पर्छ भन्नु नालायकीपना हो ।

राजनीतिक समीकरण परिवर्तन भएर रवि दोस्रो पटक गृहमन्त्री बनेपछि खासगरी प्रतिपक्षी दल नेपाली कांग्रेस वृत्तबाट यस्ता प्रश्न जोडदार रुपमा आउन थालेका छन् । ‘स्वारी’को नाममा ट्वीटरमा सक्रिय नुवाकोटका एकजना कांग्रेस कार्यकर्ताले प्रश्नोत्तर शैलीमा गृहमन्त्री रविमाथि यसरी टिप्पणी गरेका छन् –


सहकारी ठगी र रवि सम्बन्धी केही प्रश्नोत्तरः
प्रश्नः के रविले सहकारी ठगी गरेको हो ?
उत्तरः यो सम्बन्धित निकायले निक्र्यौल गर्छ । अहिले त्यसको अनुसन्धान भइरहेको छ ।
प्रश्नः कांग्रेसले आफ्नो सरकार हुँदा किन रविलाई नथुनेको ? दोषी भएको भए छोड्थ्यो ?
जवाफः कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने दल हो । त्यतिबेला पनि रविको सहकारी ठगी सम्बन्धी मुद्दा सम्बन्धित निकायले अनुसन्धान गर्दै थियो र यदि त्यो निष्कर्षमा पुगेको भए र रवि दोषी देखिएको भए जरुर उ थुनामा जान्थ्यो । आरोप लाग्ने बित्तिकै यो त विपिक्षी हो भनेर थुन्दिहाल्ने विधिको शासन अन्तर्गत पर्दैन ।
प्रश्नः अहिले कांग्रेसले किन रविको राजीनामा मागेको ?
जवाफः अहिले रविमाथी सहकारी ठगी सम्बन्धमा किटानी उजुरी परेको छ । र, रवि जुन पोर्टफोलियो लिएर सरकारमा बसेका छन्, त्यो पोर्टिफोलियोबाट उनी सो उजुरीको अनुसन्धानलाई रोक्नेदेखि प्रमाण तलमाथि गर्ने सम्मको हैसियत राख्छन् ! त्यसैले निश्पक्ष अनुसन्धान भएर त्यसको निष्कर्ष नआउञ्जेल उनी हालको पोर्टफोलियोमा बस्नु विधिको शासन विपरीत हुन्छ । त्यसैले कांग्रेसले मागेको राजीनामा लोकतन्त्रको मर्म अनुरुप अत्यन्त ठीक छ ।
प्रश्नः पहिले कांग्रेसले आरोप लागेका मन्त्रीहरुलाई राजीनामा गराएन, अहिले राजीनामा माग्न पाउँछ ?
जवाफः आफ्नो दलबाट आरोपित मन्त्रीहरुलाई राजीनामा नगराउनु कांग्रेसको गल्ती हो । तर इतिहासमा भएका कुनै गल्ती देखाएर वर्तमानमा पनि त्यस्तै गल्ती गर्न पाउनु पर्छ भन्नु नालायकीपना हो ।
प्रश्नः अब के हुन्छ ?
जवाफः सहकारी ठगी काण्डमा क्लिनचिट नपाएसम्म रविले गृहमन्त्रालय सम्हाल्नु हुन्न । खासमा घण्टा पार्टीको कुनै पनि एमपीले उक्त मन्त्रालय पाउनु हुन्न । बरु गृहको सट्टा उक्त पार्टीमा रहेका संसारका एक मात्र धुरन्धर विद्वान अर्थशास्त्रीले अर्थ मन्त्रालय लिनुपर्छ र आफ्नो विद्वताले के के देखाउन सकिन्छ देखाउनु पर्छ !! अस्तु !!

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments