Tuesday, December 9, 2025
No menu items!
Homeटप-स्टोरीरबि लामिछाने सहितको गठबंधन सरकार बनेपछी कांग्रेसको छट्पटी : आशिष रेग्मी

रबि लामिछाने सहितको गठबंधन सरकार बनेपछी कांग्रेसको छट्पटी : आशिष रेग्मी

माओवादी केन्द्रले काँग्रेससँगको गठबन्धन तोडेर एमालेको सहायतामा सरकार निर्माण गरेपछि काँग्रेसमा एक किसिमको छटपटी देखिएको छ । उसलाई आफु सरकार बाहिर रहँदा आफ्नो राजनीतिनै सिद्धिने डर देखिन्छ । वैचारिक भन्दा पनि निर्वाचन देखि निर्वाचनसम्मको बहसलाई प्रमुख बनाएको काँग्रेसलाई नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि चुनौतिको रुपमा रहेको छ । आफुलाई डेमोक्रयाट हुँ भन्न रुचाउने मतदाताहरुका लागि काँग्रेस नेपाली राजनीतिमा हिजोसम्म निर्विकल्प शक्ति थियो । तर आज रास्वपाको उदयले वामपन्थीझैँ दक्षिणपन्थी मतदाताको लागि पनि विकल्प प्राप्त भएको छ । काँग्रेसको छटपटिका हालका केही व्यवहारहरुलाई हेरौँ जसले काँग्रेसको छटपटी उजागर गर्छ ।

प्रधानमन्त्री बाँड्न दैलो दैलोमा

सरकार बनाउन आफुले बहुमत जुटाउन नसक्ने अवस्था भएपछि काँग्रेसको छटपटी यसरी उजागर भयो कि हिजो एमालेका अध्यक्ष केपी ओलीलाई भेट्नै नरुचाने शेर बहादुर देउवा ओलीलाई प्रधानमन्त्री सम्म बनाउन तयार भए । त्यतिमात्र नभएर अविश्वाशको वातावरण सृजना गर्न प्रतिनीधि सभाको चौथो ठूलो दल रास्वपा र १० सिट भएको एकीकृत समाजवादीलाई समेत प्रधानमन्त्री पद बाँड्न उनीहरुको दैलोमा काँग्रेस सभापति पुगे ।


संसदमा छट्पटाहाट छताछुल्ल

काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बडो सालिन र सभ्य शैलीमा आफ्नो प्रस्तुति सदनमा राखे तर सरकारबाट बाहिरिनु परेको छटपटाहाट भने उनले लुकाउन सकेनन् । पुस १० को सरकारलाई जुन अलोकतान्त्रिक तरिकाले काँग्रेसले भत्काएको थियो त्यस किसिमको अलोकतान्त्रिक कदम यस पटक भएको होइन । काँग्रेसले महासमिति बैठकबाट जुन किसिमको बहस प्रारम्भ गर्यो, गठबन्धनमा रहँदा रहँदै कोशी सरकार जसरी निर्माण गर्यो अनि राष्ट्रिय सभा निर्वाचनमा जुन स्तरको धोका दियो गठबन्धन भत्काउने बाटो त काँग्रेस आफैले खनेको हो । गगन, विश्वप्रकाशहरु पनि गठबन्धन भत्किए मात्र आफ्नो औचित्य पार्टी भित्र रहनेमा एकमत थिए । अहिले देखिने गोहीका आँशु मार्फत छट्पटाहाट छताछुल्ल भएको मात्र हो ।

काँग्रेससँग चार वर्ष प्रतिपक्षमा बसेर पार्टी संगठनलाई सुढृढ बनाउने राम्रो अवसर छ । समाजवाद कि नव उदारवाद भन्ने विषयमा काँग्रेसको महासमितिमा अझ बहस हुन सकेन । धर्म निरपेक्षता कि धार्मिक सापेक्षता भन्ने मतमा पनि काँग्रेस अझै प्रष्ट हुनुपर्ने उसको महासमिति बैठकबाट देखिसकेको छ । सरकार फुटाउने र बनाउने खेलमा लाग्नुभन्दा काँग्रेसले नीतिगत प्रष्टता र सांगठनिक सुढृढतातिर ध्यान दिनु उचित हुन्छ । सरकार बनाउने र गिराउने खेलमा मात्र ध्यान केन्द्रीत भएर खस्केको काँग्रेसको साख जोगाउने सुवर्ण अवसरको सदुपयोग गर्न काँग्रेस अब नचुकोस् ।

Aashish Regmi
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments