Friday, April 17, 2026
No menu items!
Homeनेपाल खबरमहिला क्रिकेट खेलाडी उत्पादन गर्न स्कुले बालिकालाई प्रशिक्षण

महिला क्रिकेट खेलाडी उत्पादन गर्न स्कुले बालिकालाई प्रशिक्षण

त्रिवेणी (रुकुमपश्चिम), २५ पुसः जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिमले महिला क्रिकेट खेलाडी उत्पादनमा जोड दिएको छ । यसका लागि खेलाडी उत्पादन गर्न सङ्घले विद्यालयलाई लक्षित गरी प्रशिक्षणसमेत दिइसकेको छ । विद्यालय उमेर समूहका बालिका तथा किशोरीहरूलाई लक्षित गरेर प्रशिक्षण कार्यक्रम चलाएको सङघका अध्यक्ष दीपक बाँठाले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घ क्यानको समन्वयमा जिल्ला क्रिकेट सङ्घले महिला क्रियो फेस्टिभल सञ्चालन गरेको हो । क्रिकेट प्रशिक्षण कार्यक्रममा महिला खेलाडी उत्पादन गर्न जिल्लाका एक सय बढी स्कुले बालिका तथा किशोरीलाई प्रशिक्षण दिइएको अध्यक्ष बाँठाले जानकारी दिनुभयो । जिल्ला सदरमुकाम खलङ्गामा दुई दिनसम्म सञ्चालन भएको प्रशिक्षण कार्यक्रममा विभिन्न विद्यालयमा अध्ययनरत बालिका तथा क्रिकेट खेलमा चासो राख्नेहरूको सहभागिता रहेको थियो । सङ्घका कोषाध्यक्ष तथा प्रशिक्षक नरबहादुर ओलीले क्रिकेटबारे कुनै पनि जानकारी नभएका तर क्रिकेट सिक्न इच्छुक बालिका तथा किशोरीहरूलाई विद्यालयहरूसँगको समन्वयमा कार्यक्रममा सहभागी गराई प्रशिक्षण दिइएको बताउनुभयो । कर्णाली प्रादेशिक क्रिकेट सङ्घका सदस्य तथा प्रशिक्षक कुलप्रसाद ओलीले महिला खेलाडी उत्पादन गर्न क्रिकेट प्रशिक्षण कार्यक्रमले ठूलो सन्देश प्रवाह गरेको बताउनुभयो । प्रशिक्षणमा सहभागीलाई क्रिकेटबारे धेरै प्रयोगात्मक तथा सैद्धान्तिक ज्ञान सिकेको उहाँले बताउनुभयो । प्रशिक्षणमा सहभागी बालिकाहरुलाई क्रिकेटमा नियमित जोड्ने र जिल्लाको महिला टोली निर्माणमा ध्यान केन्द्रित गर्ने योजना रहेको सङ्घका सचिव मनिष खड्काले बताउनुभयो । “हाम्रो जिल्लामा हालसम्म महिलाको टिम बन्न सकेको छैन, महिला खेलाडी उत्पादनका लागि हाम्रो चासो रहे पनि हालसम्म कुनै कार्यक्रम सञ्चालन गर्न सकिएको थिएन । अब जिल्लामा महिला क्रिकेटको विकास सुरु भएको छ, छिट्टै जिल्लाको महिला क्रिकेट टिम बन्नेछ”, उहाँले भन्नुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments