Friday, April 17, 2026
No menu items!
Homeनेपाल खबरअवरुद्ध पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन

अवरुद्ध पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), २४ पुसः पूर्णरूपमा अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्ड एकतर्फी सञ्चालनमा आएकोे छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानीखोलामा बाक्लो हुस्सु र शीतलहरले सडक चिप्लो भएपछि आवागमन अवरुद्ध भएको थियो । निरन्तरको प्रयासपछि उक्त खण्ड एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो । आज बिहानदेखि पूर्णरूपमा अवरुद्ध सडक दिउँसो २ बजेदेखि एकतर्फी सञ्चालनमा आएको बताउँदै उहाँले सवारीसाधनलाई सवारी पासको आधारमा आलोपालो सञ्चालनमा ल्याइएको उल्लेख गर्नुभयो । सूचना अधिकारी बोहराले बुटवल–नारायणगढमा निर्माण भइरहेका दाउन्ने क्षेत्रमा एकतर्फी सडक सञ्चालन चुनौतीपूर्ण बनेको बताउनुभयो । मङ्गलबारदेखि पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा बाक्लो हुस्सु, लगातारको शीतलहरले यात्रा चुनौतीपूर्ण बनेपछि आज बिहान उक्त खण्डमा सवारी आवागमन राकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुईतर्फी सडक सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, सुरक्षा निकायका प्रमुख, प्रहरी, स्थानीयलगायतले निरन्तर सडक मर्मत र सफा गरिरहेका छन् । —

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments