Saturday, April 18, 2026
No menu items!
Homeनेपाल खबरसामाजिक सुरक्षा कोषमा आबद्धले प्रतिष्ठानबाट उपचार पाउने

सामाजिक सुरक्षा कोषमा आबद्धले प्रतिष्ठानबाट उपचार पाउने

दाङ, २३ पुसः सामाजिक सुरक्षा कोषमा आबद्ध भएका सेवाग्राहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुने भएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठानका रजिष्ट्रार प्रा श्याम लम्साल र सामाजिक सुरक्षा कोषका पदाधिकारीबीच सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरूको उपचार प्रतिष्ठानबाट प्राप्त गर्नेगरी सम्झौता गरिएको हो । सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरूको सहज उपचार पहुँच पुर्‍याउने उद्देश्यले कोष र प्रतिष्ठानबीच सम्झौता भएको रजिष्ट्रार लम्सालले बताउनुभयो । सम्झौताअनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरूको सामान्य उपचारदेखि शल्यक्रियासम्मको सेवा प्रतिष्ठानबाट उपलब्ध हुने उहाँले जानकारी दिनुभयो । दाङबाट मात्रै सामाजिक सुरक्षा कोषमा पाँच हजार बढी व्यक्ति आबद्ध रहेका कोष कार्यालयले जनाएको छ । कोषमा आबद्ध व्यक्तिहरूको उपचार गर्नेगरी देशैभरिबाट पहिलोपटक राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता भएको हो । कोषमा वैदेशिक रोजगारमा गएका व्यक्ति, विभिन्न बैंक तथा कम्पनीका सुरक्षा गार्ड कम्पनीमा आबद्ध सुरक्षा गार्ड, कर्मचारीलगायत आबद्ध रहँदै आएका छन् । यसअघि घोराहीको मितेरी हस्पिटलबाट उपचार हुँदै आएकामा अब विशेषज्ञ सेवासहित कोषमा आबद्ध भएका व्यक्ति उपचार प्रतिष्ठानबाट हुनेछ । कोषमा आबद्ध बिरामीले अनलाइनमार्फत बिरामी भर्ना, औषधि, उपचार खर्चलगायत विवरण बुझाएमा उपचार गर्दा लागेको रकम भुक्तानी हुने कोष कार्यालयले जनाएको छ । —

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments