Tuesday, April 28, 2026
No menu items!
Homeताजा खबरआँधीखोलामा तटबन्ध निर्माण गर्दै भीरकोट नगरपालिका

आँधीखोलामा तटबन्ध निर्माण गर्दै भीरकोट नगरपालिका

वालिङ (स्याङ्जा), १६ पुसः यहाँको भीरकोट नगरपालिकाले आँधीखोलामा तटबन्ध निर्माणलाई प्राथमिकताकामा राखी काम सुरु गरेको छ । आँधीखोलाले बर्सेनि खेतीयोग्य उर्वर भूमि कटान गरेकाले रोकथाम तथा खोला नियन्त्रणका लागि नगरपालिकाले गौरवको योजनाका रुपमा तटबन्ध निर्माणलाई तीव्रता दिएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा पालिकाका तर्फबाट तीन करोड ७६ विनियोजन गरी तटबन्ध निर्माण भइरहेको छ ।” यस वर्ष खोलाको दुईतर्फ एक हजार ७७ मिटर लम्बाइको तटबन्ध निर्माण हुने जनाइएको छ । नगरपालिका तथा गण्डकी प्रदेशले छुट्टाछुट्टै स्थानमा खोला नियन्त्रणका लागि काम गरिरहेकाले आगामी वर्षदेखि तटबन्धले फाइदा पुग्ने उहाँको भनाइ छ । “खोलाको दुवै किनारामा तटबन्ध निर्माणपश्चात् करिडोर निर्माण गरी सवारी साधन सञ्चालन गर्ने योजना छ”, उहाँले भन्नुभयो, “खोलाको दुवै किनारामा तीन किलोमिटर तटबन्ध निर्माण हुन्छ, आगामी दुई वर्षसम्म बाँकी काम सम्पन्न हुन्छ ।” भीरकोट नपाले गत आव २०८०÷८१ मा एक करोड ४८ लाख विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये ८८ लाखमा चार सय ३० मिटर निर्माण गर्नेगरी ठेक्का सम्झौता भएको नगरपालिकाका इन्जिनियर सरोज पराजुलीले बताउनुभयो । आव २०७९÷८० मा पालिकामार्फत दुई सय ६० मिटर तटबन्ध निर्माण भएको थियो । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments