Friday, April 17, 2026
No menu items!
Homeनेपाल खबरप्रधानमन्त्री ओलीद्वारा तमु ल्होसारका अवसरमा शुभकामना

प्रधानमन्त्री ओलीद्वारा तमु ल्होसारका अवसरमा शुभकामना

काठमाडौँ, १५ पुसः प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारको शुभकामना दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमाफर्त गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसारको शुभकामना दिनुभएको हो । उहाँले सन्देशमा भन्नुभएको छ, “संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ । सबैलाई तमु ल्होसारको शुभकामना !” सामाजिक सञ्जालमा भनिएकोे छ “तमु ल्होसार सम्झँदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यू लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरुको झल्झली सम्झना आउँछ ।” पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यसपर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments