Sunday, April 19, 2026
No menu items!
Homeफेसनइटालियन ब्रान्ड बोरिनी मिलनेसीले ल्यायो संसारको सबैभन्दा महँगो ब्याग

इटालियन ब्रान्ड बोरिनी मिलनेसीले ल्यायो संसारको सबैभन्दा महँगो ब्याग

लग्जरी इटालियन ब्रान्ड बोरिनी मिलनेसीले संसारको सबैभन्दा महँगो ब्याग सार्वजनिक गरेको छ । यो ब्यागको मूल्य ५.३ मिलियन पाउन्ड (८३ करोड रुपैयाँ) रहेको छ।

निकै चम्किलो देखिने यो ब्यागमा १३० क्यारेट हिरा र १० वटा सेतो सुनको पुतली जोडिएको छ।गोहीको छालाबाट बनेको हल्का निलो देखिने यो ब्याग हेर्दा असाध्यै सुन्दर देखिन्छ । समुद्र प्रदुषणबारे जागरुकता बढाउनका लागि यो ब्यागको निर्माण गरिएको बताइएको छ ।

बोरिनी मिलनेसीले इन्स्टाग्राममा जारी गरेको एक बयानमा समुद्रको रक्षा र जागरुकता बढाउनका लागि आफूहरुलाई आफ्नो ब्यागको अनावरणमाथि गर्व भएको बताउँदै उक्त ब्याग बेचेबापत् ७ लाख ११ हजार ९ सय ५० पाउन्ड रकम समुद्रलाई प्लाष्टिकमुक्त बनाउनका लागि दान दिने पनि जनाएको छ।

इटालियन ब्रान्ड बोरिनी मिलनेसी ब्याग बनाउने लोकप्रिय ब्रान्ड हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments