Sunday, April 19, 2026
No menu items!
Homeटप-स्टोरीकसरी गणतन्त्रमा ‘मेरो सरकार’ भन्न सक्छु!

कसरी गणतन्त्रमा ‘मेरो सरकार’ भन्न सक्छु!

  • चिरन्जीवी लम्साल

६ हजार मेगावाट बिजुली”
यी घोकाईएका शब्दहरु
मैले कहिल्यै बोलिन
गणतन्त्रको आन्दोलन उत्कर्षमा पुग्दै गर्दा
मैले कहिल्यै ठोकुवा गरिन कि
“बयेल्गाढा चढेर अमेरिका जानेहरु
या पटमुर्ख हुन्
या भ्रमको खेति गर्ने दुष्ट मतिका हुन्”

किनकि
म दुष्ट मतिको होइन
म त जनवादको वकालत गर्छु
म त विचार बिमर्शमा विश्वास गर्छु
सामन्तवादलाई जराबाट उखेल्न चाहने म
कसरी गणतन्त्रमा “मेरो सरकार” भन्न सक्छु

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र
६५ बर्षको अथक प्रयास
र सहिदको रगतले लेखिएको नारा
म हरबखत भट्ट्याइरहन्छु
म कसरी छोड्न सक्छु

किनकि
म धोकेबाज होइन
म तालिम प्राप्त छैन
मलाई के थाहा?
अगाडि र पछाडि बोल्ने कुरा फरक हुन्छ

सन् २०१५ को कुरा हो
मालिकसँग झगडा गरेको देखेको साँचो हो
तर त्यो त डन-डनको लडाईं पो रहेछ
मलाई थाहै भएन
डन-डन फेरि मिलेछन्
जनताको बिरुद्धमा
फेरि एक बनेछन्

आशा गर्न नछोड्ने बबुरो म
दुइतिहाईको वासना सुँघ्दै थिएँ
तर गनाउन थालेको पत्तै भएन

बच्चा र बच्ची “चिड-चिडा” खेलौना
कोपर्दै अनि च्यात्दै रहेछन्
तर म
देखेको नदेख्यै गर्न सकिन
किनकि
म कसैको मतियार होइन !

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments