Monday, April 20, 2026
No menu items!
Homeनेपाल खबरधरानमा शनिबारदेखि योमरी महोत्सव हुँदै

धरानमा शनिबारदेखि योमरी महोत्सव हुँदै

धरान (सुनसरी), २७ मङ्सिरः नेवाः देय दबुले आगामी शनिबारदेखि तीनदिनसम्म यहाँ योमरी महोत्सव गर्ने भएको छ । दबुले बुधबार पत्रकार सम्मेलन गरेर धिमे नृत्यसहित महोत्सव गर्न लागेको जनाएको हो । पाँचाँै संस्करणको यो महोत्सवमा दुई सय कलाकारले नृत्य प्रस्तुत गर्ने केन्द्रीय उपाध्यक्ष अनिल मास्केले बताउनुभयो । नेपालभाषी समुदायमा यमरीपुन्ही अर्थात् योमरी पूर्णिमाका दिन (चामलको पीठोबाट बनाइएको र भित्र चाकु तथा तिल राखेर विशेष प्रकारले वाष्पद्वारा पकाइएको रोटी) देवीदेवतालाई चढाएर प्रसादका रूपमा खाने चलन छ । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments