Wednesday, April 29, 2026
No menu items!
Homeनेपाल खबरतुलसीपुरका सबै वडा आफ्नै भवनबाट जनसेवा गर्दै

तुलसीपुरका सबै वडा आफ्नै भवनबाट जनसेवा गर्दै

तुलसीपुर (दाङ), २३ मङ्सिरः तुलसीपुरका सबै वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेका छन् । भवनविहीन तुलसीपुर–१९ ले पनि आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गरेको छ । यसअघि अन्य १८ वटै वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएका थिए । “हामीले आजदेखि सबै वडा कार्यालयका आफ्नै भवनबाट सेवा दिन सुरु गरेका छौँ”, उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले भन्नुभयो । यसअघि शिक्षा, स्वास्थ्य, पशु र कृषि शाखा भाडाका भनवमा सञ्चालन भएका थिए । पालिकाले वडा–वडामा सञ्चालनमा ल्याएका स्वास्थ्य केन्द्रलाई पनि केही समयमा आफ्नै भवनबाट सेवा दिनेगरी पक्रिया अगाडि बढाएको नगरप्रमुख खड्काले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments