Sunday, April 19, 2026
No menu items!
Homeताजा खबरभुटानी नरेशद्वारा स्वयम्भूनाथ दर्शन

भुटानी नरेशद्वारा स्वयम्भूनाथ दर्शन

काठमाडौँ, २१ मङ्सिरः भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गर्नुभएको छ । यसअघि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी नरेशलाई स्वागत गर्नुभएको थियो । करिब आधा घण्टा त्यहाँ रहनुभएको भुटानी नरेशले स्वयम्भूनाथ परिसरबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्नुभयो । आज बिहान नेपाल आइपुग्नुभएका भुटानी नरेशको स्वयम्भूनाथ दर्शनपछि बौद्धनाथ दर्शन गर्ने कार्यक्रम छ । भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आउनुभएका भुटानी नरेश आजै स्वदेश फर्कनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । —

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments