Saturday, April 18, 2026
No menu items!
Homeनेपाल खबरठेला व्यापारबाट मासिक ४० हजार आम्दानी

ठेला व्यापारबाट मासिक ४० हजार आम्दानी

अमरगढी (डडेल्धुरा), २० मङ्सिरः काम गर्ने जाँगर भए आफ्नै माटोमा मनग्ये कमाउन सकिने दृष्टान्त यहाँकी एक युवतीले प्रस्तुत गरेकी छन् । बाइस वर्षीया पूजा बोहराले ठेलामा व्यापार गरेर मासिक रु ४० हजार आर्जन हुने गरेको राससलाई बताउनुभयो । अमरगढी नगरपालिका–२ नयाँ बस्तीकी पूजाले ठेलामा मोमो, चाउमिन, पकौडा, पानीपुरी चटपटे र छोइला बेचेर मासिक रु ४० हजार आर्जन गर्र्दैै आउनुभएको हो । मध्यम वर्गीय परिवारमा जन्मिएकी पूजाले धेरै हण्डर र ठक्कर खाएर यो अवस्थामा पुगेको बताउनुभयो । सत्र वर्षको उमेरमा बिहे गर्नुभएकी उहाँले चार वर्ष धेरै सङ्घर्ष गर्नुभयो । छ महिना यता ठेलामा व्यापार थाल्नुभएकी उहाँ दैनिक १२ घण्टा काम गर्नुहुन्छ । उहाँको मासिक आम्दानी घरखर्चमा मात्र सकिँदैन उहाँले बचत पनि गर्नुभएको छ । श्रीमान्ले अरु सबै कुरामा साथ र सहयोग गरे पनि यो ठेलामा भने उहाँ बिहानदेखि साँझसम्म एक्लै हुनुहुन्छ । सबै सामान आफँैले जुटाउनुहुन्छ । अनि सबै परिकार आफैँ बनाउन उहाँलाई दिनभर भ्याइनभ्याइ हुन्छ । महिलाहरु चुलोचौकोमै सीमित हुँदा आर्थिक सामाजिक र राजनीतिकरुपमा पछि परेका उहाँको बुझाइ छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments